नेपालको अभावमा जापानको चासो

काठमाडौँ, २ मंसिर । नेपालमा इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेको भन्दै जापानले चिन्ता र चासो व्यक्त गरेको छ । जापानले नेपालमा इन्धन अभावका कारण भूकम्प प्रभावितलाई सहयोग गर्ने अन्तराष्ट्रिय एवम् स्थानीय गैरसरकारी संस्थाले प्रभावकारी रुपमा मानवीय गतिविधि सञ्चालन गर्न नसकेका समेत बताएको छ ।
जापानी राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गरी पारस्परिक सहयोग र समझदारीमा शान्तिपूर्ण ढङ्गले अहिलेको कठिन अवस्थाको अन्त्य गर्न सम्बद्ध सबै पक्षलाई सुझाव दिएको छ । भूकम्पपछिको उत्तम पुनर्निर्माणको नेपालको प्रयासमा जापानले सक्रिय रुपमा निरन्तर सहयोग गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment