सत्तारुढ दलको निर्णयले मधेशी मोर्चामा भूइँचालो

काठमाडौं, १५ कात्तिक। विशेषतः संघीयताको विषयलाई लिएर दुई महिना भन्दा बढी समय देखि आन्दोलनरत मधेशवादी दलहरुले आइतबार (आज) सरकारसँग हुने वार्तालाई निर्णायक भनिरहेका बेला सत्तारुढ दलहरुको बैठकले ठोष निर्णय गर्न नसक्दा मुलुक झनै जटिल मोड तर्फ उन्मुख हुने संकेत देखा परेको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग वार्ता गर्नुअघि आइतबार बिहान बसेको सत्तारुढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संघीय सीमांकनका विषयमा मोर्चाको मागलाई सम्बोधन गर्ने गरी कुनै निर्णय गर्न सकेन । जसले गर्दा मोर्चाको आन्दोलनले निरन्तरता पाउने देखिएको हो । मोर्चाले आइतबारको वार्तामा सहमति नभए अब वार्ता नगर्ने गरी आन्दोलन चर्काउने यसअघि नै बताइसकेको छ ।

संयन्त्रको बैठकले संघीय सीमांकनका विषयमा कुनै निर्णय नगरेपछि मोर्चामा आवद्ध दलहरुले भावी योजना र वार्ताका विषयमा छलफल गर्न अहिले आन्तरिक छलफल गरिरहेका छन् । हाल कायम गरिएका संघीय सीमांकन हेरफेर नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएको मोर्चा र सरकारसँगको आइतबारको वार्ता विना निष्कर्ष टुंगिने निश्चित प्रायः छ ।

आइतबार संघीयताको विषयमा सरकारले ठोष प्रस्ताव ल्याउने अपेक्षा गरेको मोर्चाले संयन्त्रको बिहानको बैठकले त्यस्तो निर्णय गर्न नसकेपछि मधेशवादी दलहरु अलमलमा मात्रै परेनन् अब कसरी अघि बढ्ने भन्ने निर्णय तत्कालै गर्नुपर्ने बहसमा पुगेका छन् ।
मोर्चाले मेचीदेखि महाकालीसम्म पहाड नजोडिएका २ प्रदेशको आफ्नो मागलाई बटमलाईन बनाएको छ ।

सरकारले भने सीमांकन बाहेक जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व लगायत मागमा आइतबार सहमति हुने बताएको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment