|
'तिहार र छठ पर्वकै मुखमा उद्योग बन्द हुदाँ सारै चिन्ताले सताएको छ,' उनले भने, 'अब कसरी परिवार पाल्ने होला !' उद्योगबाट मजदुरी गरेबाहेक उनको आम्दानीको स्रोत केही छैन्।
उद्योग प्रशासनले अर्को सुचना जारी नहुन्जेलसम्मका लागि उद्योग बन्द हुने जनाएको छ।
'उद्योग बन्द गर्दा कम्तीमा मजदुरसँग सल्लाह गरेर गर्नुपथ्र्यो, एकलौटी रुपमा बन्द गरिएको छ,' नेपाल काराखाना मजदुर संघ एकाई समितिका सभापति मिथुन माझीले भने, 'उद्योग प्रशासनले मजदुरलाई तत्काल पुर्नवाहली गरिनुपर्छ ।' मजदुर चाडपर्वको मुखमा उद्योग बन्द गरेको बिरोधमा आइतबार दिनभर धर्नामा बसे । मजदुर उद्योग अगाडि धर्नामा बसेका थिए।
तराईमा जारी बन्द–हड्ताल र भारतको अघोषित नाकाबन्दीले कच्चा पदार्थ नभित्रिदा र उत्पादित सामान बजारसम्म पु¥याउन नसक्दा उद्योग बन्द गर्नुपरेको उद्योग प्रशासनले सुचना टासेर जनाएको छ। खनारमा सञ्चालित अरिहन्त वायर प्रोडक्टस् उद्योगमा ७३ जना कामदार थिए।
सोनापुरको प्लाष्ट्रिक उद्योग पनि अढाई महिनायता कहिले खुल्ने र कहिले बन्द हुने गर्छ। संयुक्त मधेसी मोर्चाले गरेको तराई–मधेसका जिल्ला बन्द आइतबार ८० औं दिन पुगीसकेको छ ।
तराई–मधेसका जिल्ला बन्दले गर्दा सुनसरी–मोरङ्का प्रायः सवै उद्योगको उत्पादन कटौती गदैं आएका छन्।
सुनसरी सोनापुर स्थित अरिहन्त मल्टिफाइवर्स उद्योग अस्तव्यस्त छ । 'कच्चा पदार्थ आउन सकेको छैन, मजदुर पनि काम गर्न आउँन सक्दैनन,' उद्योगका प्रशासकीय अधिकृत गोविन्द बजगाईले भने, 'उत्पादित सामान बजारसम्म पु¥याउन पनि सकिएको छैन् ।' भारत र वंगालदेशबाट जुट आयत गर्ने र उत्पादित सामान पनि तिनै देशमा निकासी गर्ने गरिन्छ । यतिबेला सबै आयत–निर्यात ठप्प छ ।
उद्योगले कामदारलाई विशेष सुविधा दिएर यातायातको व्यवस्था गरेपनि अहिले धरानबाट एउटा बसमा मात्र मजदुर काम गर्न आउने गरेका छन् ।
अरिहन्तमा पाँच हजार कामदार भएपनि अहिले बन्द–हड्तालले गर्दा तीन हजार पाँच सयको हाराहारीमा काम गर्न आउने गरेका छन् ।
खनारकै रिलायन्स स्पिनिङ् मिल्स उद्योग पनि अस्तव्यस्त छ । सुनसरी–मोरङ् औद्योगिक कोरिडोर क्षेत्रमा पाँच सय भन्दा वढी साना तथा ठुला उद्योग सञ्चालनमा छन् । तर, तराई–मधेसमा जारी बन्द–हड्तालले गर्दा एकपछि अर्को उद्योग बन्द हुन थालेका छन् । बन्द उद्योगको यकिन विवरण भने छैन् । -
|
0 comments:
Post a Comment