ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौः प्रधानमन्त्री केपी केपी शर्मा ओलीले आइतबार सर्वदलीय बैठक बोलाएका छन् ।
 
आन्दोलनरत मधेशी मोर्चा बाहेक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सरकारमा रहेका दलहरुलाई बैठकमा बोलाइएको छ।
 
भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज अवस्था, तराई मधेस आन्दोलन र मधेसी मोर्चासँग जारी वार्ता, संविधान संशोधनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कानुन न्याय तथा संसदीय मन्त्री अग्नि खरेलले बताए। 
 
आइतवार सर्बदलीय बैठक बोलाए पनि समय र स्थानबारे सोही दिन बिहान प्रधानमन्त्रीले तय गर्ने छन। यस बिषयमा शनिबार नै नेपाली कांग्रेससँग छलफल भएको थियो। प्रधानमन्त्रीले बैठकमा संकटको बेला सबै दलहरु एकजुट भएर अगाडि बढने प्रयास स्वरुप यो बैठक बोलाएका हुन। प्रधानमन्त्रीले संकट समाधानका लागि विभिन्न पार्टीका नेताहरुको राय लिने छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment