|
काठमाडौं । मान्छेले प्रेम गर्न सिकाउँछन् । सम्बन्ध सुमधुर बनाउँने विभिन्न उपायहरु छन् । जसलाई धेरैले पालना पनि गर्ने गरेका छन् । सम्बन्ध सुमधुर बन्दा मान्छे जति खुशी हुन्छ टुट्दा उतिनै दुःखी हुने गर्छन । केहि सम्बन्धहरु यस्ता हुन्छन् जसले तपाईलाई पीडा दिइरहेका हुन्छन् । तर, तपाईले त्यो सम्बन्ध टुटाउँन पनि सकिरहनु भएको हुन्न । सुमधुर पनि बन्न सक्दैन । यदि तपाईको जीवनमा यस्तो भैरहेको छ भने चिन्ता नलिनुस् अब एउटा यस्तो एप आउँदै छ जसले तपाइँलाई दिक्क बनाइरहेको तथा छुटकारा पाउन चाहेको प्रेमसम्बन्धबाट मुक्त गराइदिनेछ । त्यो एपले केबल ३७ सेकेण्डमा तपाइँलाई दुख दिने सम्बन्धबाट छुटकरा दिन्छ । तपाईले सजिलै त्यो सम्बन्धबाट छुटकारा पाउँनु हुन्छ ।
बाइन्डर (Binder) नामको उक्त एपल युवकहरुलाई ३७ सेकेण्डमै गर्लफ्रेण्डसँग ब्रेकअप गराइदिन्छ । यो मोबाइल एप आएपछि अब प्रेम सम्बन्ध टुंगाउन चाहनेहरुले आफ्नो प्रेमिकाको अगाडि गएर बोल्नुपनि आवश्यक हुनेछैन । यो एपले ती सबै मसला तयार पारिदिनेछ जोे गर्लफ्रेण्डसँगको ब्रेकअपका लागि पर्याप्त हुनेछन् ।
यो एपले सबैभन्दा पहिले गर्लफ्रेण्डको बारेमा केही जानकारी माग्नेछ, जस्तै नाम, उनको फोटो, फोन नम्बर आदि । त्यसको ३७ सेकेण्डमै यो एपले आफै एक खतरनाक अडियो फाइल तयार गर्दछ । त्यसपछि उक्त अडियोलाई भ्वाइसमेल तथा टेक्स्ट म्यासेजमा बदलेर त्यसलाई गर्लफ्रेण्डको मोबाइलमा पठाइदिनेछ । बस, त्यहीँ एउटा अप्रिय म्यासेज तपाइँको गर्लफ्रेण्डका लागि पर्याप्त हुनेछ र उनी तपाइँसँगको प्रेमसम्बन्धलाई अन्त्य गर्न बाध्य हुनेछिन् ।
|
0 comments:
Post a Comment