|
काठमाडौँ २ मङ्सिर । विद्युत्त महसुल निर्धारण आयोगले औसत १८.३५ प्रतिशत बिजुलीको भाउ बढाउन प्रस्ताव तयार गरेको छ । आयोगले हालको महसुल संरचनामा परिमार्जन गरी नयाँ महसुल दर तोक्ने तयारी गरेको छ । प्रस्तावित महसुल दरमा आयोगले ७ तहका अतिरिक्त खपतका आधारमा दर र दायरा दुवै बढाएको छ । यस्तै मिटरको क्षमता एम्पियरअनुसार महसुल दर प्रस्ताव गरिएको छ ।
सिंगल फेल लाइनमार्फत ५ देखि ६० एम्पियरसम्मका ग्राहकको महसुल दर प्रतियुनिट न्यूनतम ३ रुपैयाँदेखि बढीमा १४ रुपैयाँसम्म तोकिएको छ । यसपटक महसुल दरसँगै न्यूनतम शुल्क निर्धारण गरिएको छ, जसअनुसार २० युनिटमा विद्युत्त खपत गर्ने साना ग्रार्हस्थ्यको महसुल १० रुपैयाँ बढाएर ९० रुपैयाँ पुर्याइँदैछ भने साना ग्रार्हस्थ्यको दर ८० रुपैयाँ छ । आजको कारोबार दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment