नेपालमा छिरेर एसएसबीबाट गोली प्रहार, चारजना नेपाली गम्भीर

सुनसरी : भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली बर्साउँदा चारजना नेपाली गम्भीर घाइते भएका छन् । 
 
सुनसरीको भन्टाबारीस्थित नेपाली भूमिमा बुधबार बिहान छिरेका करिब १० जना एसएसबीको समूहले गोली बर्साउँदा चार नेपाली गम्भीर घाइते भएका हुन् ।

एकाबिहानै एसएसबीले हानेको गोली लागेर हरिपुर गाविस–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । 

एसएसबीले प्रहार गरेको गोली अशोक यादवको पेटमा लागेको छ । त्यसैगरी नरेश, मनोज र सरोजको ढाड र शरीरका अन्य भागमा गोली लागेको स्थानीयबासी पप्पु यादवले बताए । 

गोली लागेर गम्भीर बनेका उनीहरुलाई स्थानीयबासी र नेपाली प्रहरीेले उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएका छन् । 

स्थानीयबासीका अनुसार भारतीय बजारबाट इन्धन लिएर आउँदै गरेका उनीहरुलाई एसएसबीले लखेटी लखेटी गोली हानेको थियो । 

नेपालीमाथि गोली बर्साएपछि एसएसबीको टोली भारतीय भूमितर्फ फर्केको छ । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका एसपी सञ्जय शर्माले बताए । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment