|
काठमाडौं, ४ मङ्सिर । रोजगारीका सिलसिलामा जापान पुगेका गुल्मी रूपाकोटका ३५ वर्षीय रमेश भण्डारीको जापानमै मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका पुगेका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो ।
मृतक भण्डारीको ११ र नौ वर्षका दुई छोरा र श्रीमती छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाका कारण उनको शव नेपाल ल्याउँन सहयोग गर्न आग्रह गरेका छन् ।
|
0 comments:
Post a Comment