तामाकोशीको निर्माण सुचारु हुन सकेन/नाकाबन्दीले इन्धन अभावमा काम ठप्प

चरीकोट : राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना वैशाखको भूकम्पपछि अझै सञ्चालनमा आउन सकेको छैन । 
 
भूम्पकाकारण अवरुद्ध आयोजनाको काम भारतले लगाएको नाकाबन्दीपछि इन्धन अभाव हुँदा सुचारु हुन नसकेको हो । 
 
भूकम्पको केही महिनापछि प्रवेशमार्ग निर्माण थालिएपनि संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीको कारण इन्धन रोकिँदा काम रोकिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । 
 
इन्धन उपलब्ध गराउन उर्जा मन्त्रालयसँग अनुरोध गरिरहेको बताउँदै इन्धन सहज भएसँगै आयोजनाको काम सुरु हुने बताए । इन्धन अभाव भएपछि आयोजनाको सम्पूर्ण काम अवरुद्ध भएको । काम नभएपछि अधिकांश कर्मचारीहरु राजधानी गएका छन् भने मजदुर घर फर्किएका छन् ।

२०७३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना भूकम्प र इन्धन अभावका कारण केही वर्ष पछाडि धकेलिएको छ । 
आयोजना बन्द हुँदा दैनिक करोडौँ रुपैयाँ नोक्सानी भइरहेको छ । भूकम्पबाट आयोजनामा भएको क्षतिको विवरण सार्वजनिक नभइरहेको अवस्थामा भारतको नाकाबन्दीले इन्धन अभाव हुँदा अबौंँ रुपैया नोक्सानी हुने अनुमान गरिएको छ । 
 
७५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको काम अवरुद्ध हुँदा सयौँ मजदुर मर्कामा परेका छन् । आयोजनामा मजदुरी गर्दै आएका रामशरण केसीले ७ महिनादेखि काम नहँुदा आफुहरुको जीविकोपार्जनमा सस्या आएको बताए । 

आयोजनामा काम गरी आफ्नो परिवार पाल्दै आएका केसी बैकल्पिक कामसमेत नपाउँदा गाउँमै ज्यालामजदुरी गरेर परिवार पालिरहेको बताउँछन् । 

दोलखाको लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाट विद्युत क्षमता भएको सो आयोजनाको ड्यामसाइड भासिँद केही घर क्षतिग्रस्त भएका छन् भने सडक पूर्णरुपमा भत्केको थियो । 

द्रुत गतिमा निर्माण भइरहेको तामाकोशी आयोजनामा भूकम्पपछि भएको क्षतिका कारण निर्माण सम्पन्न हुने समय र लागत दुवै बढ्ने भएको छ । 

सात महिनादेखि आयोजनाको काम अवरुद्ध भएपनि अधिकारीहरुले आयोजनास्थलमा क्षतिको विवरण सार्वजनिक नगरेको, काम सुचारु हुनेबारे जानकारी नदिएको र आयोजना प्रमुख लगायत जिम्मेवार व्यक्तिहरु नआएको भन्दै स्थानीय रुष्ट भएका छन् । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment