मधेसमा आन्दोलन भएको सय दिन पुग्यो, सकसमा ठूला दलका मधेसी नेता :: Read More News>

काठमाडौं, ५  मंसिर - मधेसमा आन्दोलन भएको ठ्याक्कै सय दिन भयो। मानव साङ्लो वा विभिन्न जातीय संगठनका नाममा भएका प्रदर्शनमा प्रमुख ३ दल कांग्रेस, एमाले र एमाओवादी समर्थकका साथै कार्यकर्ताले पनि सहभागिता जनाए। 

ठूला दलका विभिन्न भ्रातृ तथा पेसागत पदाधिकारीले पनि आन्दोलनमा कुनै न कुनै रूपमा उपस्थिति जनाए। कार्यकर्ताको सहभागितामा आँखा चिम्लिँदै आएका जिल्लास्तरका नेतालाई भने लम्बिँदो आन्दोलन र त्यसमा भइरहेको जनसहभागिताले दबाब थेग्न समस्या परिरहेको छ । दसैं, तिहार र छठ सकिएसँगै मधेसमा फेरि आन्दोलनले गति लिन थाल्दा जिल्लास्तरका नेताहरू असहज महसुस गरिरहेका छन् ।
 
कार्यकर्ताको सहभागिता भए पनि उनीहरू समर्थन वा विपक्षमा निस्किएका छैनन् । तीन महिनायता आफूहरूको राजनीति निष्त्र य जस्तो भएको एमालेका एक जिल्लास्तरीय मधेसी नेताले सुनाए । कांग्रेसका एक सक्रिय जिल्ला नेता भन्छन्, हामी मधेसमा कति समस्या झेलेर बसेका छौं भन्ने केन्द्रका नेताले बुझदैनन्।

मधेस आन्दोलन र त्यसको मागबारे केन्द्रीय नेताहरूलाई कुरा गर्दा र बुझाउन खोज्दा उनीहरूले शंकाको नजरले हेर्न थालेको उनको गुनासो छ। - 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment