![]() |
पूर्व–पश्चिम राजमार्गमा रोकिएका गाडी सोमबार राति प्रहरीले स्कर्टिङ गर्न थालेपछि अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो।
झडपको क्रममा प्रहरीको लाठिचार्जबाट मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका हुन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राजमार्गमा पर्ने ढल्केवरमा जम्मा भएका मोर्चाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो।
मोर्चाका कार्यकर्ताले केही गाडीमा ढुंगामुडा समेत गरेका छन्। अवरोधकाबिच पनि प्रहरीले सोमबार राति ढल्केवरबाट पाँच सय गाडी स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाएको छ। मोर्चाका कार्यकर्ताले ढल्केवरमा नै इन्धनको कालोबजारी गरेको भन्दै तीन वटा मोटरसाइकल जलाएका छन्।
![]() |
0 comments:
Post a Comment