|
काठमाडौं : सरकारले मधेसी मोर्चासँग आज गर्ने भनेको निर्णायक वार्ता पनि निश्कर्षबिना नै टुंगिएको छ। आइतबार अपरान्ह संघीय समाजवादी फोरम नेपालको कार्यलयमा भएको वार्तमा कुनै ठोस् सहमति हुन नसकेपछि वार्ता सकिएको छ। अर्को वार्ताको मिति निश्चित गरिएको छैन।
सरकारी पक्षाले सिमांकन तथा संवैधानिक प्रक्रियाका लागि प्रमुख प्रतिपक्षी कांग्रेससँग पनि आन्तरिक छलफल र परामर्श गर्नुपर्ने भएकोले केही दिन पर्खिन अनुरोध गरेकोले वार्ता छोड्ने निर्णय मोर्चाले गरेको छैन। तराई मधेसी सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले वार्ता निश्कर्षबिना टुंगिएको र आन्दोलन नरोकिने बताए। सरकारी पक्षको विशेष आग्रहमा केही दिन पर्खिने सोचाइ वार्ता टोलीले बनाएको रायले बताए।
मधेसी मोर्चाले तराईमा दुई प्रदेश अडान राखेकोले सहमति हुन सकेको छैन ।अहिले नै संविधान संशोधन गरेर दुई प्रदेशको सिमांकन हुनुपर्ने अडान मोर्चाको छ ।
तर सरकारी पक्षले पनि अहिले राजनीतिक तहमा सहमति गरेर संघीय आयोगमार्फत यसलाई मिलाउन सकिने प्रस्ताव राखेको छ ।बैठकले सिमांकनका बारेमा कुनै ठोस् निर्णय गरेको छैन
सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापाले आन्दोलनरत मधेसी मोर्चासंग आजको वार्तामा प्रदेश सिमांकनवारेमा राजनैतिक सहमति कायमगरि संबैधानिक प्रकृयाबाट सम्बोधन गर्न सकिने विकल्प पेस गरिएको बताए।
|
0 comments:
Post a Comment