जोगवनी नाकाबाट इन्धन आयात ठप्प

विराटनगर : छठ पर्वलाई कारण देखाउँदै भारतीय पक्षले कडाई गरेपछि विराटनगरको जोगवनी नाकाबाट हुने आयातमा फेरि कमी भएको छ । 
अन्य दिनको तुलनामा मंगलबार र बुधबार यो नाकाबाट हुने आयातमा कमी भएको हो । 
भारतले गरेको अघोषित नाकाबन्दीका कारण न्यून मात्रमा आयात भइरहेको यो नाका दुई दिन छठलाई कारण देखाउँदै भारतीय पक्षले कडाई गर्दा आयात प्रभावित बनेको हो । 
भारतीय पक्षले छठका कारण भीडभाड र मानवीय चहलपहल बढेको भन्दै पर्याप्त मात्रमा मालबहाक
सवारी साधन पठाउन नमानेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए । 
‘छठमा तीर्थालुको भीडभाड बढेको भन्दै भारतीय पक्षले आयातमा रोक लगायो,’ बस्नेतले भने, ‘त्यसका कारण अन्य दिनको तुलनामा आयात कम भयो ।’ 
बस्नेतका अनुसार छठका तिर्थालुलाई किनमेल तथा दर्शनका लागि सहज बनाउन र तिर्थालुलाई अवरोध नहोस भनेर मालबहाक सवारी साधन नपठाएको जवाफ भारतीय पक्षले दिएको छ ।  
केही मात्रमा मालबवहाक सवारी साधन पठाएपनि भारतीय पक्षले इन्धन भने पठाएको छ । मंगलबार र बुधबार पेट्रोल, डिजेल, ग्यास लगायतका इन्धन लोड भएका एउटापनि सवारी साधन यो नाकाबाट आएनन् । 
‘छठको कारण देखाउँदै न्यून मात्रमा मालबहाक सवारी साधन पठाउनु र त्यसमा इन्धन नपठाउनुले फेरि शंका उत्पन्न भएको छ,’ स्रोतले भन्यो, ‘फेरि कडाई गरिएको आशंकामा भारतीय पक्षसंग कुरा भइरहेको छ ।’ 
भारतीय पक्षले मंगलबार दिउँसो १२ बजेपछि आधा ढाट झारेर आयातमा रोक लगाएको थियो । १२ बजे सम्ममा ७७ वटा मालबहाक सवारी साधन मात्र नेपाल प्रवेश गरे । 
त्यस्तै बुधबार ११ बजेपछि मात्र भारतीय पक्षले मालबहाक सवारी साधन पठाउन थालेपनि साँझ सम्ममा फाट्टफुट्ट मात्र आइरहेका छन् । साँझ ५ः३० बजे सम्ममा लसुन, प्यास, लत्ताकपडा र औद्योगिक कच्चा पदार्थ बोकेका ४९ वटा मात्र मालबहाक सवारी साधन नेपाल छिरेका छन् । इन्धन बोकेका एउटापनि सवारी साधन भित्रिएनन् । 
प्रत्येक दिन विहान ६ बजेदेखि खाली गाडी भारत पठाउनु पर्ने भएपनि बधबार सीमा क्षेत्रमा परिचालन गरिएका भारतीय सुरक्षाकर्मीले रोकेपछि सीमा क्षेत्रमै खाली गाडी रोकिएका 
थिए । 
भारतीय पक्षले खाली गाडीलाई नौ बजेपछि मात्र भारततर्फ प्रवेश गर्न दिएको नेपाल प्रहरीले जनाएको छ । 
नौ बजे खाली गाडी जान दिएर ११ बजेपछि मात्र मालबहाक सवारी साधन भारतीय पक्षले छाडेको थियो । अबेरमात्र गाडी छाडेपनि जुन संख्यामा मालबहाक सवारी साधन आउनु पर्ने हो त्यो नआएको नेपाल प्रहरीले जनाएको छ । 
छठलाई कारण देखाउँदै मालबहाक सवारी साधन नेपाल नपठाएको भारतीय पक्ष अवका दिनमा नाकामा झन कडाई गर्ने शंकेत प्राप्त भएको स्रोतले बतायो । 
भारतले गरेको अघोषित नाकाबन्दी यता यो नाका हुँदै आयात प्रभावित बन्दै आएको थियो । एक साताबाट भारतीय पक्षले नाका खुकुलो बनाएपछि सहज रुपमा आयात हुन थालेपछि छठलाई कारण देखाउँदै कडाई गर्नपछि समस्या उत्पन्न भएको स्रोतले बतायो ।
‘छठलाई कारण देखाउँदै कडाई गरिएपनि छठ सकिएपछि भने मालबहाक सवारी साधन पठाउनु पर्ने हो,’ स्रोतले भन्यो, ‘केही सवारी साधन पठाउन थाले जस्तो गरेपनि कडाईलाई भने भारतीय पक्ष जारी राखेको देखिन्छ ।’ 
भन्सार प्रमुख बस्नेतले छठ सकिएका कारण भारतीय पक्षसंग सामान आयातलाई सहज बनाउने विषयमा कुरा भइरहेको बताए । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment