![]() |
काठमाडौं, ३ मंसिर । एक साता अघि एक सय भन्दा बढीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणपछि फ्रान्सेली प्रधानमन्त्री म्यानुयल वाल्सले मुलुकमा रासायसनिक हतियारबाट आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
‘मैले पूरै सतर्कता अपानउन निर्देशन दिइसकेको छु कि हाम्रो ध्यान यसमा राख्नु पर्ने आवश्यक छ, रासायनिक तथा जैविक हतियारको बन्दोबस्त निकै खतरा बनिरहेको छ’ प्रधानमन्त्री वाल्सको भनाइ छ ।
यद्यपी, उक्त आक्रमणपछि फ्रान्समा लगाइएको संकटकाल तीन महिनासम्म बढाउने विषयमा सांसदहरुमा छलफल भएको छ । फ्रान्समा भएको उक्त आक्रमणपछि युरोपेली मुलुकमा मात्रै होइन अमेरिका लगायतका देशमा उच्च सुरक्षा सतर्कता अपनाइएको विवरणहरु आएका छन् ।
![]() |
0 comments:
Post a Comment