हेल्लो सिँचाई मन्त्री कार्यक्रम शुरु/किसानले ४२००२१५ मा फोन गरेर समस्या राख्न सक्ने

काठमाडौं : सिँचाईमन्त्री उमेशकुमार यादवले शुक्रबारदेखि जनतासँग प्रत्यक्ष सम्वाद स्थापित गर्ने उद्देश्यले ‘हेल्लो सिँचाई मन्त्री’ कार्यक्रम आरम्भ गरेका छन् । 

मन्त्री भएको एक महिनापछि मन्त्री यादवले शुक्रबार टेलिफोनमा जनतासँग प्रत्यक्ष सम्वाद गरी ‘हेल्लो सिँचाईं मन्त्री’ नामक कार्यक्रम आरम्भ गरेका हुन् । 

मन्त्री यादवले दिँउसो १ गते पहिलो फोनकर्ता मोरङ्गका बालकृष्ण अधिकारीसँग प्रत्यक्ष सम्वाद गरी जनसम्वाद कार्यक्रमको उद्घाटन गरेका थिए । 

अधिकारीले सिँचाईसम्बन्धी आफ्ना समस्या मन्त्रीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए । 
 
हेलो सिँचाई मन्त्रीमार्फत सिंचाईसम्बन्धी समस्या, अनियमितता, ढिला सुस्तीसम्बन्धी समस्या सुन्ने र समस्याको समाधानको उपाय उपलब्ध गराउने मन्त्रालयले व्यवस्था गरेको छ । 

यसैगरी संखुवासभाका जेबि निरौला, सप्तरीका मोहम्मद सकिल, रामसुन्दर यादब र रामकुमार यादब, बझाङ्गका दीपकराज जोशी, मुगुबाट जयकृष्ण रोकायले सिँचाईं मन्त्रीलाई फोन गरेर सिँचाईसम्बन्धी समस्या सुनाएका थिए । 

जनसम्वादका लागि सिंहदरबारस्थित मन्त्रालयको टेलिफोन नम्बर ०१–४२००२१५ छुट्टाइएको छ । 

मन्त्रालयले आफ्नो निकाय, मातहतका विभाग, आयोजना र कार्यालयको सरोकारसँग जोडिएका विषयवस्तुका सम्बन्धमा आफ्ना सल्लाह सुझाव र गुनासा राख्न सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment