पेट्रोल खरिदका लागि चीनसँग छिटै सम्झौता गर्ने तयारी यस्तो छ

काठमाडौं : चिनियाँ राजदूत ऊ चुन्ताईले चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि नेपालसँग चाँडै सम्झौता हुन लागेको जानकारी दिएका छन् । सभामुख ओनसरी घर्तीसँग सोमबार भएको भेटमा चुन्ताईले त्यस्तो जानकारी गराएका हुन् ।
 
चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानस्वरूप उपलब्ध गराइसकेको छ । चीनसँग पेट्रोलियम पदार्थ र एलपी ग्यास आयातका लागि सम्झौता गर्न दुई सदस्यीय टोली बेइजिङ गएको छ । चीनका लागि नेपाली राजदूत महेश मास्केले पनि भारतीय नाकाबन्दीका कारण नेपालमा भएको इन्धन अभावलाई पूर्ति गर्न चीनसँग हुन लागेको सझौताबारेमा छलफल जारी राखेका छन् ।
 
सभामुख घर्तीले हालको इन्धन संकट समाधानका लागि चीनले गरेको सहयोगको प्रशंसा गर्दै पेट्रोलियम पदार्थ आयातसम्बन्धी सम्झौता हुन लागेकोमा खुसी व्यक्त गरेकी थिइन् । उनले सार्वभौम मुलुक नेपालले आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले यसमा कुनै पनि छिमेकीको कुनै प्रकारको हस्तक्षेप ग्राह्य नहुने पनि बताएको स्रोतले बतायो ।
 
चुन्ताईले दुई देशबीच छिमेकी र सहकर्मीको सम्बन्ध रहेकाले चीन र नेपालबीच कुनै समस्या नरहेको बताएका थिए । सभामुखका निजी सचिव सुरजकुमार दुराले चुन्ताईलाई उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘चीन सरकार र जनताको नेपालको विकासमा सधंै सहयोग र सद्भाव रहनेछ ।’
 
नेपालमा भूकम्पको विपत्तिले जनतामा परेको दुःखप्रति सहानुभूति व्यक्त गर्दै चुन्ताईले नेपाली जनतालाई राहत प्रदान गर्न र पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको बताएको जानकारी दुराले दिए ।
 
चिनियाँ जनता र संसद् तथा नेपाली जनता र संसदबीच भ्रमण आदानप्रदान गर्दै लैजानुपर्ने र दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेमा पनि राजदूत चुन्ताईले जोड दिएका थिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment