|
काठमाडौं, ४ मंसिर । आन्दोलनरत मधेसी मोर्चाले बिहिबार मात्रै औषधि निर्बादरुपमा नेपाल भित्राउँन दिने निर्णय गरेको थियो । तर, यो निर्णय गरेको केहि घण्टा नबित्दै आफ्नै निर्णय कुल्चेर वीरगन्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ । ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको ट्रकका चालकले जनाएका छन् । वीरगन्ज उपमहानगरपालिका १४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना २ ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको पर्सा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताए । वीरगन्ज बरुण यन्त्रको सहयोगमा आगजनी नियन्त्रणमा लिएको डिएसपी बोगटीको भनाई छ । सो गाडीमा स्लाइन पानी मार्फत दिइने एन्टीबायोटिक औषधी जनकपुरका लागि लोड गरिएको व्यवसायीले जनाएका छन् ।
मोर्चाको बिहीबार अपराह्न औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए । ‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर समेत ट्रकको अगाडि झुन्डयाइएको थियो ।
|
0 comments:
Post a Comment