‘परदेशी’को कमाई साढे ३ करोड

नेपाली फिल्मका निर्माताहरु फिल्म जुध्ने वित्तिकै  सकियो जस्तो गरेर हल्ला गर्छन् । तर फिल्म राम्रो भए  जतिसुकै प्रतिस्पर्धी फिल्म भएपनि केही फरक पर्दैन । ‘परदेशी’ले यही दृष्टान्त पेश गरेको छ ।

कात्तिक ३ गते आफ्ना अन्य २ प्रतिस्पर्धी फिल्मसँग जुधेको थियो ‘परदेशी’ । नारायण रायमाझीको निर्देशनमा राजेश वंशलले निर्माण गरेको यो फिल्मलाई कात्तिक ५ मा गोपिकृष्ण मुभिजको बहु प्रचारित फिल्म ‘ठमेल डट कम’ले टक्कर दिन आएको थियो । तर, कात्तिक ३ मा आएका ‘अधकट्टी’, ‘सुश्री’ र कात्तिक ५ मा आएको ‘ठमेल डट कम’को व्यापार कमजोर बन्यो । तर, ‘परदेशी’अझै पनि हलमा लागिरहेको छ ।

कात्तिकमा २८ दिन चल्दा फिल्मले काठमाण्डौबाट मात्र डेढ करोडको ग्रस व्यापार गरेको वितरक सुनिल मानन्धरको भनाई छ । काठमाण्डौ बाहिरका हलबाट भने यो फिल्मले २ करोडको ग्रस व्यापार गरेको वितरक नरेन्द्र महर्जन बताउँछन् । फिल्मले साढे ३ करोडको व्यापार गरिसकेको छ ।प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्काको मुख्य भूमिका रहेको यो फिल्मको गीत र कथालाई रुचाइयो । परदेशीको व्यापार गोर्खापल्टनको भन्दा धेरै रहेको निर्माताको दाबी छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment