नाकाबन्दीविरुद्ध बर्लिनको भारतीय दूतावास अगाडि प्रदर्शन

बर्लिन : नाकाबन्दीको विरोधमा विदेशमा रहेका नेपालीले समेत भारतविरुद्ध आन्दोलन चर्काउन थालेका छन् । गैरआवासीय नेपालीले बेलायत, अमेरिका हुँदै पछिल्लो पटक जर्मनीको बर्लिनमा पनि प्रदर्शन गरेका छन् । 
 
गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी, नेपाली जनसम्पर्क समिति, जर्मनी र विद्यार्थीहरुको पहलमा नाकाबन्दी हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनस्थित भारतीय दुताबास अगाडि नेपालीहरुले  प्रदर्शन गरेका हुन्। 
 
प्रदर्शनमा विद्यार्थी, व्यवासायी, पत्रकार, बुद्धिजीवी, प्राध्यापक र जर्मनीस्थित नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
 
करिब दुई घण्टा गरिएको पर्दशनमा सयबढी नेपालीहरु भेला भएर भारतविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले ब्यानरमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, यो आर्थिक नाकाबन्दी मात्र हैन, यसले औषधी इन्धन पनि रोकेको छ, नेपालको पारवाहन अधिकार सुनिश्चित गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 
नाकाबन्दीको विरोधमा एनआरएनका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, संरक्षक दिल गुरुङ र युरोप भ्रमणमा रहेका गायक शिव परियार, मिलन अमात्य, हास्यकलाकार सन्दीप छेत्रीसहित यहाँका नेपाली संघ संस्थाका प्रतिनिधि तथा नेपाली विद्यार्थीहरु उपस्थित थिए । 
 
प्रदर्शनमा भाग लिन जर्मनीका बिभिन्न शहरबाट नेपालीहरु बर्लिनमा जम्मा भएका थिए। आयोजक मध्येका एक नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति बिजय मोक्तानका अनुसार नाकाबन्दीका कारण ६० हजार भन्दा धेरै विद्याल बन्द भएकमा, अस्पतालमा औषधि अभावले उपचार प्रभावित भएको, इन्धन अभाबका कारण जीवन कष्टकर भएकोले नाकाबन्दीको विरोधमा प्रदर्शन गरिएको जानकारी दिए।
मोक्तानले बिरोधपछि भारतीय दुताबासमा ज्ञापनपत्र समेत बुझाइएको बताए । विरोधपत्रमा भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण उद्योग बन्द भएका, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा प्रत्यक्ष असर पर्दा मानवीय संकट आउने खतरा रहेको, नाकावन्दीले नेपालको निर्वाध पारवाहन अधिकारको हनन भएको, पर्यटन व्यवसाय तहसनहस भएको र विश्व व्यापार संगठनका अन्तराष्ट्रिय मुल्य मान्यता उल्लंघन गरेको भन्दै तत्काल नाकाबन्दी फुकुवा गर्न आग्रह गरिएको छ ।
 
एनआरएनका उपाध्यक्ष कुमार पन्तले भारतीय नाकाबन्दीले मुलुकमा अतावश्यक औषधि अभाब भइ ठुलो मानवीय संकट आएकाले गैर आवसीय नेपाली संघले यथाशिघ्र कम्तिमा दश करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोले अभियानमा सहयोग गर्न आग्रह गरे । 

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment