बस दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

परासी : पूर्व–पश्चिम राजमार्गको नवलपरासीस्थित गैंडाकोटमा सोमबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घनामा १७ जना घाइते छन्, जसमा १० को अवस्था गम्भीर छ । 
 
मृत्यु हुनेमा महेन्द्रनगर नगरपालिका–६ का २५ वर्षीय सन्तोष शाह र लम्जुङ्गको बोर्लेटार घर भई नेपाली सेनाको देवीदत्त गण रोल्पाका प्युठ ३५ वर्षीय विमल कुँवर रहेको प्रहरीले जनाएको छ । 

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बस रोकीराखेको ट्रकमा ठोकिन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाका सबै घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment