|
मंसिर ७, २०७२- प्रहरीको गोली लागि दिलिप साहको हिजो मृत्यु भएको विरोधमा आज राजविराजमा कर्फ्यु तोडेर प्रदर्शन भएको छ । बिहान ६ बजेदेखि नै कर्फ्यु लगाइएको भए पनि स्थानीय बासिन्दा र मोर्चाका कार्यकर्ताले जनआन्दोलन चोक, मिनि मार्केट, तेतरी गाछी, गजेन्द्र चोक, रुपनी मोड, कुनौली मोडसहितका स्थानहरुमा प्रदर्शन गरेका छन् ।
११ बजे राजविराजस्थित मिनि मार्केट अगाडी प्रहरी र मोर्चा कार्यकर्ताबीच झडपसमेत भएको छ । झडपका क्रममा प्रहरीले तीन राउण्ड अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेपछि तितरवितर पारेको थियो । जिल्ला प्रहरी कार्यालय क्षेत्रमासमेत झडप भइरहेको छ । स्वर्ण टोलको झडपमा पनि प्रहरीले हवाई फायर गरेको छ ।
मोर्चाका कार्यकर्ताले आज बिहान राजविराजस्थित भूसंरक्षण कार्यालयमा आगजनी गरेका छन् । सप्तरीको कोइलाडी बरसाईनस्थित प्रहरी चौकीमा समेत आगजनी गरेका छन् ।
सप्तरीमा मोर्चा कार्यकर्ता र प्रहरीबीचको झडपको क्रममा शनिबार र आइतबार गरि चारजनाको मृत्यु भइसकेको छ । १८ वर्षिय वीरेन्द्र राम, २२ वर्षिय नागेश्वर यादव, दिलीप साह र शिवशंकर दासको मृत्यु भइसकेको छ । चारै जनाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । रुपनी र भारदहको झडपमा परी गोली लागेर गम्भीर घाईते भएका १० जनाको धरानमै उपचार भईरहेको मोर्चा नेता शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
अञ्चल अस्पताल ठप्पै
प्रहरीले हिजो राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पसेर स्वास्थ्यकर्मी र चिकित्सकहरुमाथि लाठीचार्ज गरी एक दर्जनलाई घाईते बनाएको विरोधमा हिजोदेखि ठप्प भएको अस्पताल आज पनि सुचारु हुन सकेको छैन ।
अञ्चल अस्पताल ठप्पै
प्रहरीले हिजो राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पसेर स्वास्थ्यकर्मी र चिकित्सकहरुमाथि लाठीचार्ज गरी एक दर्जनलाई घाईते बनाएको विरोधमा हिजोदेखि ठप्प भएको अस्पताल आज पनि सुचारु हुन सकेको छैन ।
सुरक्षाकर्मीबाट असुरक्षित भएपछि सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नफर्किने अस्पतालका निमित्त प्रमुख डा. दीपा यादवले जानकारी दिए ।
|
0 comments:
Post a Comment