दशगजामा उफ्रिनुको कुनै तुक छैन, सिंहदरबार आउनुहोस् : सुवास नेम्वाङ

भक्तपुर, १ मङ्सिर । पूर्वसभामुख सुवास नेम्वाङले आन्दोलनरत मधेसकेन्द्रित दलका नेतालाई देशको समस्या समाधान गर्न सिंहदरबारभित्र आउन आग्रह गरेका छन् । नेम्वाङले आन्दोलनरत दललाई आफ्नो आन्तरिक समस्या समाधानका लागि दशगजामा आन्दोलन गर्नुको कुनै तुक नरहेकाले वार्ताका लागि सिंहदरबार आउँन आग्रह गरेका हुन ।
भारतीय नाकाबन्दीलाई लम्ब्याउँन नहुँने भन्दै नेम्वाङ्ले नेपालको आन्तरिक मामलामा छिमेकी राष्ट्रले हस्तक्षेप गर्नु राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड विपरीत रहेको उल्लेख गरेका छन् । नेम्वाङ्ले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्नु कुनैपनि हालतमा न्यायोचित नहुँने भन्दै भूगोल र जनसंख्या दुवैलाई आधार मानेर निर्वाचन क्षेत्र तोक्नु सान्दर्भिक हुने, र संविधानमा पनि यस्तै प्रावधान राखिएकाबताएका छन् ।
नेम्वाङले ८९ प्रतिशत सभासद्को समर्थन र ९९ प्रतिशत सभासद्को उपस्थितिमा जारी भएको संविधानमा कसैको असन्तुष्टि भएमा राजनीतिक सहमतिका आधारमा संशोधन गर्ने प्रावधान रहेकाले असन्तुष्टको मागको वार्ताद्वारा समाधान खोज्न आग्रह गरेका हुन ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment