![]() |
गौर : मधेसी मोर्चाले गरेको आन्दोलनका कारण रौतहटको सदरमुकाम गौर सय दिनदेखि पुर्णरुपमा बन्द रहेको छ ।
एकसय दिन देखिको बन्दले जनजीवन अत्यन्त कष्ठकर बन्दै आएको छ । मोर्चाका कार्यकताहरुले मोटरसाइकल चलाउन समेत रोक लगाउदै आएका छन् ।
गौर र गरुडा बजार पुर्णरुपले बन्द गरिएको छ । सरकारी कार्यालयहरुको कामकाज ठप्प छ । आन्दोलनमा उत्रिएका मोर्चाका कार्यकर्ताहरुले ग्रामिण भेगमासमेत आन्दोलन गर्दै आएका छन् ।
गाउँगाउँमा पनि मोटरसाइकल चलाउन रोक लगाइएको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल तोडफोड गरिएका छन् ।
छठपछि गौर नपाको प्रत्येक वडाका मोर्चाका कार्यकर्ताहरु ले गौर बैरगनिया जोड्ने सिमाको मितेरी पुलमा धर्ना दिइरहेका छन् ।
सोमबार गौर नपा–२ र ३ का मोर्चाका कार्यकर्ताहरुले धर्ना दिएका छन् । सोमवार साँझ गौरमा मसाल जुलुस निकालिएको छ ।
![]() |
0 comments:
Post a Comment