|
सल्यान, १५ कात्तिक । यातायात व्यवसायी समिति र यातायात कम्पनीबीचको आपसी विवादले सल्यान जिल्लामा सार्वजनिक यातायात बन्द भएको छ ।
रुकुम यातायात प्रालिले आइतबार देखि रुकुमबाट विभिन्न जिल्लामा हायस तथा डिलक्स गाडी सञ्चालनमा ल्याएपछि सल्यान रुकुम यातायात प्रालिले सार्वजनिक यातायातका साधनलाई ठाउँ ठाउँमा अवरोध गरेको राससले उल्लेख गरेको छ ।
रुकुम यातायात प्रालिले आइतबार बिहान रुकुमबाट दाङ, काठमाडाँै र नेपालगन्जका लागि सञ्चालन गरेका हायस गाडी जिल्लाको श्रीनगर, लान्ती र लुहाममा रोकेर सडक अवरोध गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीले यातायात व्यवसायी महासङ्घको बैठकमा उपस्थित नभई प्रालि सञ्चालनमा ल्याएको, राप्ती बस व्यवसायी समितिका बसमामा तोडफोड गरेको आरोप लगाउँदै रुकुम, सल्यान र दाङमा चल्ने सार्वजनिक सवारी साधनमा रोक लगाइएको जानकारी दिए । समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल नगरे यातायातका सम्पूर्ण सवारीसाधन ठप्प पार्ने चेतावनी उनको भनाइ छ ।
|
0 comments:
Post a Comment