पाइपलाईन बिच्छ्याउन पनि चीन तयार – पुन

काठमाडौँ ३ मंसिर । नेपालका लागि आवश्यक पूरै इन्धन बिक्री गर्न चीन तयार भएको छ । हालै चीन भ्रमणबाट फर्केका आपूर्तिमन्त्री गणेशमान पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको बताएका हुन् । ‘इन्धन ढुवानीबारे व्यापारिक सम्झौतापछि चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ । तर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने,‘समस्या समाधान गर्न पूर्वाधार र पाइपलाइनका निर्माणको प्रक्रिया अघि बढाउने छौँ ।’ दीर्घकालीन रूपमा समस्या समाधान गर्न पाइपलाइन अत्यावश्यक रहेको उनले बताए ।
‘पाइपलाइनबाट इन्धन ढुवानी गर्ने सम्भव छ । मन्त्रालयको पनि योजना छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा त्यो चाहिन्छ ।’ अनौपचारिक क्रममा चीन सरकारबीच अनौपचारिक छलफल भएको उनले बताए । ‘छलफलको क्रममा राम्रो वातावरण निर्माण भएको छ,’ मन्त्री पुनले भने । उनका अनुसार चीनबाट पेट्रोल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment