|
काठमाडौं । यहाँ तस्विरमा देखिएकी ३६ बर्षकी एरिजोनामा बस्ने सुजेन ईमन हुन । जसको मोटोपननै उनको हुनेबाला पार्टनरलाइ निकै मन परेको छ ।
दुइ बच्चाकी आमा सुजेनको दोश्रो बिबाह सन २०१३ मा हुन लागेको थियो । आफ्ना बच्चाहरूको जिद्दीका कारण बिबाह अघि उनले २०४ किलो सम्म तौल घटाएकी थिइन । उनको तौल घटाउनु उनको प्रेमीलाइ मन परेन, त्यसपछि उनी उनलाइ छोडेर हिँडेका थिए ।
सम्बन्ध टुटेपछि सुजेनलाइ यो कुरा अनुभव भयो कि उनलाइ आफैंलाइ पनि उनको तौल मन परेन । त्यसपछि उनी पुनः राम्रो संग खाना-पिन शुरू गर्न थालिन । त्यसपछि उनको तौल ३६३ किलो पुगेको थियो ।
त्यसपछि उनको जिन्दगीमा एक जना अर्का व्यक्ति आए । उनी एक शेफ हुन र उनको नाम निक अबेट हो। निक पनि केही समय अघि निकै मोटो थिए । उनलाइ सुजेनको मोटोपन निकै मन पर्यो र त्यसपछि उनी सुजेनलाइ मन पराउन थाले । अब भने उनीहरू दुबै बिबाह गर्ने तयारीमा छन ।
यो कुरा सुन्दा उनलाइ अचम्म लाग्ला कि सुजेनको वेडिङ गाउन ४५ यार्ड जति लामो हुनेछ । अहिले उनी बिबाहको तयारीमा लागेकी छिन । अब उनी अमेरिकाकै सबैभन्दा धेरै तौल भएकी दुलहीका रूपमा चिनिन तयार छिन । सुजेनले आफ्नो यस नयाँ जिन्दगीबाट निकै खुसी भएको बताएकी छन ।
उनका केही तश्विरहरू हेर्नुहोस ।
- See more at: http://medianp.com/2015/02/49587.html#sthash.HEJaxiGA.dpuf
|
0 comments:
Post a Comment