![]() |
काठमाडौँ १० मंसिर । चीनले वर्षेनी उपलब्ध गराइरहेको आर्थिक तथा प्राविधिक सहायतामा कट्टा हुने गरी ११ मिलियन एनआरबी (१८ करोड रुपैयाँभन्दा बढी) बराबरको १३ लाख लिटर पेट्रोल नेपाल आएको छ । १६ कात्तिकदेखि केरुङ–रसुवागढी हुँदै तेल ल्याउन थालिएको थियो । अन्तिम खेप मंगलबार ल्याइएको थियो ।
चीनबाट १६ कात्तिकमा पेट्रोल आउन थालेपछि निगमले १९, २० र २१ कात्तिकमा उपत्यकामा करिब दश लाख लिटर पेट्रोल वितरण गरेको थियो । भारत र चीनको पेट्रोल मिसाएर बिक्री गरिएको निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए । २१ कात्तिकयता भने निगमले निजी सवारीका लागि भनेर कुनै पनि पम्पलाई तेल दिएको छैन । बुधबारसम्म निगमको थानकोट डिपोमा तीन लाख ५० हजार लिटर चिनियाँ पेट्रोल मात्रै मौज्दात छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
![]() |
0 comments:
Post a Comment