|
काठमाडौं : भारतीय नाकाबन्दीविरुद्ध नेपालीहरुले नर्वेको संसद् भवनअगाडि प्रदर्शन गरेका छन् ।
नर्वेको संसद भवन अगाडि बिहीबार गरिएको प्रदर्शनमा सहभागी राजधानी ओस्लो बाहिरदेखि पनि सयौं नेपाली आइपुगेका थिए ।
गैर आवसीय नेपाली संघ, जनप्रगतिशिल मन्च, जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्चसहितका संघ संस्थाको सहभागितामा भएको प्रदर्शनमा सयौं नेपाली उपस्थित थिए ।
जनप्रगतिशिल मञ्च नर्वेका महासचिव गोरख चन्दले प्रदर्शनमा नेपालीको उत्साहजनक सहभागिता रहेको जानकारी दिए ।
नेपालीहरुले नाकाबन्दी फिर्ता लिन दबाब दिन नर्वेस्थित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउन भने पाएनन् । भारतीय दूतावासका कर्मचारीले माथिको आदेश भन्दै नेपालीको ज्ञापनपत्र बुझ्न नमानेको हो ।
प्रदर्शनमा सहभागीहरुले व्याकअफ इण्डिया र नेपालको पारवाहन अधिकार बन्चित गर्न पाइँदैन जस्ता नारा लगाउँदै प्ले कार्ड पनि देखाएका थिए ।
विरोध कार्यक्रममा हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, नर्वे नेस्को, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, विवेककशिल नेपाली, र नेप्सा लगायतका संघ संस्थाका प्रतिनिधि उपस्थित थिए ।
|
0 comments:
Post a Comment