यस्ता छन् स्तनपानका विवादीत तस्बिर , जसले दुनियामा हङ्गामा मच्चायो | - See more at

सन् १९९२ देखि सुरु भएको स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाउन शुरु गरीएको छ । बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरूको बारेमा जनसमुदायलाई सचेत गराउनको लागि विश्वभर विभिन्न कार्यक्रमहरू गरी हरेक वर्ष अगष्टको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइदै आएको छ। नवजात शिशुलाई जन्मेको एक घन्टाभित्र स्तनपान गराउने र पहिलो ६ महिनासम्ममात्र स्तनपान गराउने अनि दुई वर्षसम्म अन्य खानासँगै निरन्तर स्तनपान गराउने हो भने प्रत्येक वर्ष आठ लाख बालबालिकाको जीवन रक्षा गर्न सकिने विश्‍व स्वास्थ्य संगठनको पछिल्लो दाबी छ । आमाको दूध शिशुहरुका लागि एकमात्र सर्वोत्तम खाना हो। यस्लाई अमृत समान नै मानिन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ त्यसले बच्चालाइ धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ। नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन। आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ। आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा कीटाणु प्रवेश गर्न पाउँदैनन्। त्यही भएर आमाले बच्चालाई स्तनपान गराइरहेका हुन्छन् । तर महिलाले जुन पायो त्यही स्थानमा बसेर बच्चालाई स्तनपान गराउँदा भने कहिलेकाँही समस्यामा पर्ने गरेका छन् । हामीले यहाँ स्तनपान गराउने महिलाका २७ विवादीत तस्विरहरुलाई प्रस्तुत गरेका छौँ । जहाँ महिलाहरुले कपाल काट्दा, मोटरसाइकलमा यात्रा गर्दा, योगा गर्दा वा अन्य कुनै काममा व्यस्त हुँदा आफ्ना बच्चालाई स्तनपान गराइरहेको पाइएको छ । अन्यत्र व्यस्त हुँदा स्तनपान गराइरहेका यी तस्बिरहरु विश्वव्यापी रुपमा विवादमा मुछिएका छन् । –

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment