भूत भगाउने भन्दै किशोरीलाई बलात्कार गर्ने प्रयास गरेपछि….

कञ्चनपुर २९ पुस । आफूलाई धामीझाँक्री बताउँदै भूत भगाउने निहुँमा किशोरीमाथि बलात्कार प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा परेका छन् । कञ्चनपुरको झलारीपिपलाडीका ३१ वर्षीय गणेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालीले सोही नगरपालिका–७ की युवतीलाई भूत लागेको र निको गरिदिने भन्दै स्याली नदी पारी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगेर बलात्कार प्रयास गरेको किशोरीका आफन्तले जानकारी दिएका छन् । ‘टाउँको दुख्ने, रिङ्गाटा लाग्ने भएर झाँक्रीमा पुग्यो ।’ पीडित किशोरीका आफन्तले भने ‘भूत भगाउँछु भन्दै जङ्गलमा लगेर जबर्जस्ती गर्न खोजेछ ।’
जङ्गलमा लगेर किशोरीलाई लुगा फुकाल्न लगाएर काखमा बसाएर यौन दुव्र्यवहार थालेपछि किशोरी भाग्न सफल भएकी थिइन् । उनले घरमा आफन्तसँग घटनाबारे जानकारी गराएपछि आफन्तले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरी नियन्त्रणमा परेका नेपालीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ । अभियुक्त नेपालीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment