|
विगत ५ महिनादेखि मधेसमा विभिन्न मागहरु राख्दै आन्दोलीत भएको मधेसी मोर्चाले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाको शनिबार समाजवादी फोरमको कार्यालय तीन कुनेमा बसेको बैठकले वार्ताप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।
मोर्चाले एक विज्ञप्ति जारी गर्दै माघ ७ गतेसम्मका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । जसमा २८ गते सदरमुकाममा विरोध र जुलुस प्रदर्शन, पुस ३० गते सदरमुकाममा आन्दोलनसम्बन्धी फोटो,वृत्तचित्र प्रदर्शनी, माघ २ गते सदरमुकाममा लाठी जुलुस तथा सभा, माघ ४ गते सदरमुकाममा मसाल जुलुस र सभा, माघ गते बलिदानी दिवस मनाउने र ७ गते गाउँ, सहर र क्षेत्रका चोकमा सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
पुस २८ देखि माघ ७ गतेसम्मको आन्ँदोलनका कार्यक्रम घोषणा गरेको मोर्चाले थै जारी आन्दोलनका कार्यक्रम यथावत रहने समेत बताएको छ ।
|
0 comments:
Post a Comment