यी पाँच मिसाइल, जसले केही मिनेटमै विश्वलाई ध्वस्त बनाउनसक्छन्

काठमाडौं–उत्तर कोयरयाले हाइड्रोजन बमको परीक्षण गरेपछि विश्व राजनीतिमा एकपटक पुन आणविक हतियारको विषयमा वहस सुरु भएको छ। खतरनाक तानाशाह किम जोङ उनको कदमबाट पुरै विश्वले उत्तर कोरियामाथि शंकाको दृष्टिले हेरेको छ।

news1



स्मरणीय छ, उत्तर कोरिया आफ्नो सबैभन्दा शत्रु दक्षिण कोरियालाई मान्छ। यस्तो अवस्थामा अमेरिका र दक्षिण कोरिया मिलेर उत्तर कोरियामाथि नियन्त्रण राख्न कारवाहीगर्नेसम्मको योजना बनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। तर परमाणु बमले सम्पन्न उत्तर कोरियालाई विश्वका अन्य मुलुकको पनि समर्थन रहेको छ। जसमा सबैभन्दा पहिलो नाम चीन र रुसको आउँछ। यी दुईसँग अमेरिका जापान र बेलायतको राम्रो सम्बन्ध छैन्।

यस्तो अवस्थामा अमेरिका र दक्षिण कोरिया मिलेर उत्तर कोरियामाथि कारवाही गरे चीन र रुस र चीनले उत्तरको समर्थन गर्ने पक्का छ। रुस, चीन र अमेरिका परमाणु बम लैजान सक्षम इन्टरनकान्टिनेन्टल मिसाइल भएका देश हुन जो केही मिनेटमा संसारको कुनै पनि कुनामा पुगेर संसारलाई ध्वस्त पार्न सक्छन्। हामी तपाइलाई ती सबैभन्दा खतरनाक पाँच मिसाइलको जानकारी दिँदैछौं।

आर–३६ एम
देश–रुस
क्षमता– १६००० किलोमिटर
स्पीड– ७.९८ किलोमिटर प्रतिसेकेण्ड

यो विश्वको सबैभन्दा लामो दूरीसम्म मारहान्न सक्ने क्षमता भएको मिसाइल हो। त्यस बाहेक यो विश्वको सबैभन्दा धेरै भार आफूसँग लैजान सक्ने क्षमता भएको मिसाइल पनि हो । यसले आफ्नो साथमा ५५० किलोग्राम वजनको परमाणु बम लैजान सक्छ। रुससँग यस्ता कयौं मिसाइल छ, जसका कारण रुसदेखि अमेरिका पनि डराउँछ।

news3

डोंगफेंग–४१
देश–चीन
क्षमता– १४००० मिलोमिटर
स्पीड–८.१६ प्रति सेकेण्ड

विश्वको सबैभन्दा लामो दूरीसम्म प्रहार गर्न सक्ने यो दोस्रो मिलाईल हो जसलाई चीनले बनाएको हो। चीन यही मिसाइलको आडमा अमेरिका, जापान र भारतसमेत पुरै विश्वलाई आफ्नो शक्ति देखाउँदै आएको छ।

misail

डोंग फेंग–५ ए
देश– चीन
क्षमता–१३००० मिलोमिटर
स्पीड–७.४८ किलोमिटर प्रति सेकेण्ड

यो मिसाइल पनि चीनले बनाएको हो। यो विश्वका खतरनाक पाँच मिसाइलमध्ये एक हो। २ स्टेज रकेट सिस्टम भएको मिसाइल आफूसँग भारीमात्रामा परमाणु बम लगेर ३० मिनेटभन्दा पनि कम समयमा आफ्नो लक्ष्यको निसाना बनाउन सक्छ।

new-misail

आर–२९ आएमयु शिनेवा (आरएसएम–५४)
देश–रुस
क्षमता–११५५० किलोमिटर
स्पीड–७.६१ किलोमिटर प्रति सेकेन्ड

यो रुसको अर्को इन्टरकिन्टनेन्टल मिसाइल हो, जसले ३० मिनटभन्दा पनि कम समयमा विश्वका कुनै पनि कुनामा पुगेर आफ्नो काम तमाम गर्न सक्छ।। यो मिसाइल रुसको डेल्टा–४ क्लास नेवी पनडुब्बीमा तैनाथ गरेको छ।

new5

यूजिएम–१३३ ट्रिडेंट–२
देश–अमेरिका
क्षमता–११०००
स्पीड–५.७८ किलोमिटर प्रतिसेकेन्ड

यो परमाणु बम आफूसँग लैजान सक्षम विश्वको सबैभन्दा खतरनाक इन्टरनकान्टिनेन्टल मिसाइलमध्ये एक हो। यो मिसाइल् लन्च अर्डर पाउने वित्तिकै ३० मिनेटभन्दा पनि कम समयमा आफ्नो लक्ष्यलाई निसाना बनाउ सक्छ। यसमा सबैभन्दा खतरनाक कुरा के हो भने अमेरिका यी मिसाइललाई २०३० सम्ममा प्रयोगमा ल्याउन चाहन्छ। किनभने त्यसपछि उसले यी भन्दा पनि खतरनाक मिसाइल बनाइसकेको हुनेछ। 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment