|
रिकोट, ६ पुस । पछिल्लो समय हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ देशका विभिन्न स्थानमा सरसफाई गर्दै गरेका भेटिन्छन् । नेपाल सरकारका सरसफाई दुत समेत रहेका उनीहरु धुर्मुस सुन्तली सरसफाई अभियान लिएर सोमबार दोलखाको चरिकोट पुगे ।
त्यहाँ उनीहरुले आफूले कुटो समातेर सफा गर्ने मात्रै होईन धुमुर्सले एकाविहानै माइकिङ् गरेर सबैलाई घरघरमा पुगेर वाहिर निकाले । भुकम्पले तहसनहस बनाएको दोलखाका स्थानियको थाक्दै गएको घाउमा मलहम लगाउँदै हसाउँदै सरसफाईमा सरिक गराए ।
आफ्नो घर आगन सफा राखे धेरै रोगहरु बाट बच्न सकिने भन्दै सधै बजार सफाई गर्न समेत स्थानीयहरुलाई आग्रह गर्दै गरेका घुर्मुसको अभियानलाई साथ दिन समाज उत्थान तथा रोजगार प्रवद्धन कार्यक्रम(स्वीप) नामक एक गैरसरकारी संस्थाले ऐकेबद्धता जनाउदै स्वयमसेवकहरु खटाएको थियो ।
|
0 comments:
Post a Comment