भारतीय राजदूतले भने – अब नाकाबन्दी खुल्छ

काठमाडौं, १५ पुष । नेपालका लागि भारतीय राजदूत रन्जित रेले नाकाबन्दी चाँडै खुल्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपालले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै राजदूत रेले नाकाबन्दी शब्द प्रयोग नगरि अहिलेको असहज अवस्थाले चाँडै निकास पाउने विश्वास दिलाएका हुन् ।
यसअघि पनि पटक पटक नाका सहज हुने बताउँदै आएका उनले बुधबार वार्ताबाटै नाकामा देखिएको अवरोध चाँडै अन्त्य हुने विश्वास दिलाएका हुन् । नेपाल सरकार र यहाँका राजनीतिक दलहरु तथा आन्दोलनरत पक्ष बार्तामा बसेर छिटो निकास खोज्नुपर्ने सुझाव दिँदै उनले सहमतिको खाका तयार भइसकेकले अब चाँडै निकास पाउने बताएका हुने ।
मधेस समस्या समाधान गर्न नेपाल सरकारले गरेको तीनबुँदे प्रस्ताव सकारात्मक र महत्वपूर्ण रहेको र यसको भारतले पनि समर्थन र स्वागत गरिसकेको प्रसङ्ग कोट्याउँदै राजदूत रेले वार्ताको निष्कर्ष भारतले पर्खेर बसेको जानकारी दिए । नेपालमा मौलाएको कालोबजारीले दुवै मुलुकलाई नोक्सानी पुगेको भन्दै उनले यस अवस्था अन्त्य चाँडै गर्नुपर्ने तर्क गरे । साथै उनले नेपालमा भइरहेका भारतविरोधी गतिविधि भारतलाई मात्र नभइ नेपालको अहित गर्ने बताए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment