|
औपचारिक र अनौपचारिक गरी झण्डै दुई साता लामो नेपाल भ्रमण सकेर बुधबार आफ्नो देश फर्किएका बेलायती राजकुमार ह्यारीले किन भ्रमणअवधि थपे भन्ने रहस्य खुलेको छ । नेपाल आएकै दिनको रात्रीभोजमा भेटिएकी नेपाली युवतीको प्रेममा परेपछि उनले पछिल्लो भ्रमण अवधि लम्ब्याएको खुलेको छ ।
पाँच दिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनले छ दिन भ्रमणअवधि थपेका थिए । थपिएको अवधिलाई उनले व्यक्तिगत भ्रमण प्रयोजनको लागि भएको बताएका थिए । रात्रीभोजमा मन्तव्य दिनेबेलादेखि नै प्रभावित भएर उनले ती युवतीलाई पछ्याएको बेलायत पुगेर ह्यारीले ती युवतीलाई लेखेको मेलबाट खुलेको छ । संयोगवश युवतीले प्राप्त गरेको मेल उनकै मिल्ने साथीले खोल्न पुगेका थिए । तिनै साथीबाट प्राप्त पत्रमा ह्यारीले सहयोगीमार्फत औपचारिक भ्रमणअवधिमै दुई पटक युवतीसँग भेटेको उल्लेख गरिएको छ ।

ह्यारीले पत्र आफैंले अंग्रेजीमा लेखे पनि पठाउँदा भने सहयोगीमार्फत नेपालीमा अनुवाद गराएर पठाएका छन् । युवतीकी साथीले बताएअनुसार उनी अंग्रेजीमा दख्खल राख्छिन् । तर पत्र भने ह्यारीले नेपालीमा पठाएका छन् र लेखेका छन्, ‘म मेरो मनको भावना तिम्रो भाषामा नै तिमीलाई सुनाउन चाहन्छु ।’ उनले मेलमा युवतीलाई राजकुमारी भनेर सम्बोधन गरेका छन् ।पत्र यस्तो छ, जहाँ युवती र तिनको साथीको नाम भने सुरक्षाको कारण गोप्य राखिएको छः
राजकुमारी,
सहस्र चुम्बन ।
सहस्र चुम्बन ।
मन भारी छ । आफ्नो देश पाइपुग्दा यसरी मन भारी भएको कहिल्यै अनुभूति गरेको थिइनँ । तिमीले ममाथि के जादू गर्यौ, आफ्नै देश आइपुग्दा पनि कुनै पराइ देशमा ओर्लिएझैं लागिरह्यो । तथापि म आरामपूर्वक आइपुगेँ । तिमीले चिन्ता मान्नुपर्ने केही छैन । बरु, तिम्रो मनको स्थिति कस्तो छ भन्ने चिन्ताले पिरोलिएको छु । त्यसैले यहाँ आउनेबित्तिकै तिमीलाई लेख्दैछु । यसको नेपाली अनुवाद मेरो सहयोगीले गर्नेछन्, किनकि म मेरो मनको भावना तिम्रो भाषामा नै तिमीलाई सुनाउन चाहन्छु ।
मैले त्यहीँ हुँदा नै निकै प्रयत्न गरेँ, तर पनि धेरै कुरा भन्न सकिनँ । तिमीलाई मसँग खुल्न नै धेरै समय लाग्यो, त्यसमाथि मेरो चियो गर्नेहरूले हामीलाई एकैसाथ समय बिताउन नै कहाँ थिए र ? तर जति पनि पल बिताइयो, त्यो मेरो हृदयमा सुन्दर बान्कीमा खोपिएका अक्षरझैं पढ्न लायक छन् ।
प्रियसी, तिमीले त याद पनि गरेकी थिइनौ होला, नेपाल भ्रमणको पहिलो दिन तिम्रो देशको परराष्ट्रमन्त्री कमल थापाले होटल याक एण्ड यतीमा आयोजना गरेको रात्रीभोजमा मेरो आँखा तिमीतिर परिरहेको छ भनेर । तिमी पनि मलाई नै एकटक हेरिरहेकी थियौ, तर पनि प्रकाशको कोलाजमा तिमीले मेरो दृष्टिको अनुमान लगाउन सकिनौ भन्ने बुझेको थिएँ । तर जसै मैले तिमीलाई देखेँ, मेरो ध्यान तानियो । मैले आफ्नो मन्तव्य सुरु गर्नै लाग्दा तिमी सँगैकी साथीसँग यस्तरी हास्यौ कि मलाई अनुभूत भयो– मेरो मन्तव्यलाई सुन्दर बनाउन कुनै ‘अर्केष्ट्रा’ गुन्जिएको छ ।
मेरो पहिलो शब्दबाटै तिमी मलाई चुपचाप सुन्न थाल्यौ, यसरी कि कोही ध्यानी ध्यान गर्दैछ खुल्ला आँखामै । मलाई धेरै बोल्न मन लागेन । केही औपचारिक कुरा गरिसकेपछि अन्त्यमा एक्कासी भनेछु, ‘यहाँ घुम्दा म नयाँ साथीहरू बनाउन सक्नेमा आशावादी छु । म नेपालको सुन्दरता हेर्न लालायित छु ।’ सायद, मेरो त्यो भनाइको अगाडिका औपचारिक भनाइसँग धेरै तादाम्यता देखिएन कि ? पछि सम्झेर आफैं लजाइरहेँ ।

प्यारी,
त्यसपछि तिमीलाई थाहै छ, भोलिपल्टमात्रै मैले तिमीलाई पत्ता लगाएर भेट्न सकेँ । त्यसको लागि पनि मेरा सहयोगीले निकै दुःख गर्नुपरेछ । तथापि पाँच दिनसम्म मैले तिमीलाई खास समय दिन सकिनँ । मैले केवल सम्झनुको औपचारिकतामात्रै निर्वाह गरिरहेको थिएँ । तर ती पाँच दिनमा म तिमीप्रति यति धेरै सम्मोहित हुँदै गएँ कि तिमीले सामाजिक सञ्जालमा राखेका सबै तस्बिर हेरिसकेँ । त्यसबाट चित्त नबुझेर नै मैले तिमीलाई केही ‘प्रिन्टिेड’ तस्बिर पठाउन खबर गरेको थिएँ । तिमीले पठाएका सुन्दर तस्बिरले मलाई पाँच दिने औपचारिक कार्यक्रमका निरसलाग्दा पलहरू रंगीन बनाइदिए । म अलिकति समय पाउनेबित्तिकै तिम्रा तस्बिर हेर्थें र चुम्बन गर्थें । तिम्रो तस्बिरले जति मलाई मसँग कुरा चलाइएका चेल्सी डेभी र क्रेसिडा बोनसको सिंगो शरीरले पनि आकर्षित गरेन ।
त्यति व्यस्तताबीच पनि मैले तिमीलाई दुई पटक भेट्न पाएँ । त्यसले हृदयमा दिएको राहत र शीतलताले मलाई यति उत्प्रेरित गर्यो कि मैले भूकम्पपीडितलाई राहत दिनुपर्छ भन्ने निष्कर्षमा पुगेँ । त्यसैले मैले औपचारिक भ्रमणको अन्तिम दिन कान्ति बाल अस्पताल पुग्नुअघि नै सोचिसकेको थिएँ कि नेपालको भ्रमण लम्ब्याउँछु र तिमीलाई लिएर भूकम्पपीडित बस्तीमा जान्छु । जहाँ तिम्रो सान्निध्यताले मेरो हृदयले राहत पाउनेछ, मेरो सहयोगले भूकम्पपीडितले राहत पाउनेछन् ।
तिमीले प्रकट त गरिनौ, तर मैले नेपाल भ्रमण लम्ब्याएको कुरा सुनाउँदा कति पुलकित भएकी थियौ भन्ने अनुहारले बोलिरहेको थियो । तिमीलाई धेरै धन्यवाद, तिमीले मेरो अतिरिक्त भ्रमणको लागि तिम्रो मामाघर गोरखाको लापुबेंसी छानिदियौ । तिमीले आफ्नो मामाघर भएको गाउँमात्रै छनोट गरेकी थिइनौ, त्यहाँका मानिसलाई साँच्चै सहयोगको खाँचो थियो । कति सहृदयी मानिसहरू भेटेँ मैले त्यहाँ । मेरो नाममा डाँडाको नाम नै राखिदिनु भयो है ! ओहो, यो खुशी अभिव्यक्त गर्न मसँग अहिले पनि शब्द छैन । तिमीले मेरो खुशी अनुभूति गर्न सक्छ्यौ नि, त्यसैलाई अनुवाद गरेर सुनाइदेऊ है !
मैले सोचेको थिइनँ, म त्यसरी ढुंगा बोक्न सकूँला, त्यो पहाडमा त्यसरी काम गर्न सकूँला । तर प्रेममा कति ठूलो शक्ति हुँदोरहेछ, मैले पहिलोचोटि महसुस गरेँ । मैले काम गरेको देखेर तिम्रा मावलीगाउँले त छक्कै परे नि हकि ? तिमीले पनि त खुब सघायौ र त्यसरी धेरै काम गर्दा मेरो स्वास्थ्य बिग्रेला भनेर कति सचेत गरायौं । त्यो माया सम्झेर विभोर हुन्छु र तिमीलाई फेरि अँगाल्न मन लाग्छ । जसरी मेरै नाम राखेको डाँडामा गएर एकैछिन अँगालोमा बाँधिएका थियौं ।

प्रिया,
नेपालमा गोपनियता कायम राख्न भने गाह्रै रहेछ । मैले थपेको पछिल्लो अवधिको पहिलो उद्देश्य थियो, तिमीसँग खुल्ने, निकट हुने । त्यसैले हामी जाने स्थानको जानकारी स्थानीय प्रशासनलाई पनि नहोस् भन्ने मलाई लागेको थियो । तर हेर न, कसरी–कसरी पत्रकारहरू त टुप्लुक्कै आइपुगेका ! अनि के सारो जिद्दी हो, मेरो व्यक्तिगत भ्रमण हो भन्दा पनि फोटो त खिच्नैको हतार गर्ने ! पछि म स्थानीय प्रशासनलाई नै खबर नगरी हराएको भन्ने समाचार पनि कतिपय सञ्चारमाध्यममा आएछ । गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयलाई पनि जवाफ दिँदा–दिँदा हैरानी परेछ । त्यसैले मैले अलि कडा नै व्यवहार गर्नुपर्यो । त्यसको लागि क्षमा माग्छु है ! त्यति नगरेको भए तिमीसँग मैले आफ्नो हृदयको कुरा पनि प्रकट गर्न पाउँदैनथेँ नि त ।

हिमालकी काखमा हुर्किएकी मेरी प्रियसी,
तर मलाई के कुरामा खुशी लाग्यो भने मेरो खास उद्देश्यचाहिँ कसैले थाहा पाएनन् । सबैले भने, ‘नेपालीलाई माया गरेर ह्यारीले नेपाल भ्रमण लम्ब्याए ।’ तर खास कथा त यो व्यग्र हृदयलाई मात्रै थाहा छ ।
यसबीचमा मैले निकै कथा पनि बनाउनुपर्यो । सबैभन्दा ठूलो कथा त निधारको घाउबारे पो बन्यो । त्यस साँझ तिम्रो निधारमा देखिएको टिकाजस्तो खतबारे सोध्दा तिमीले सुनाएको कथा सम्झँदै मैले अर्को कथा बुनिदिएँ । टिका बनाउनका लागि निधारमा ९९ पटक नङले रगडेको कथा मेरो लागि रोचक थियो । तिमीले भन्यौ, ‘अझै पनि गाउँमा यस्तो गर्ने केटाकेटीहरू भेटिन्छन् ।’
तिमीलाई मामाघरमै छोडेर काठमाडौं फर्कंदा खुब मिस गरेँ । तिम्रो कथा सम्झिएँ र निधारमा ९९ पटक रगडेँ । निकै नै कोतरिएछ, घाउ नै भयो । तिम्रो चिनो सम्झेर खुशी भएँ । तर अरूले त सोध्न थालिहाले । मैले पनि कथा बनाइदिएँ र भनेँ, ‘खासमा यो अबिरका कारण एलर्जी अर्थात एब्रासन भएको हो । नेपाली स्वागत र सत्कारको चिनो । मैले जीवनमा कहिले पनि यस्तो आत्मीय स्वागत पाएको थिइनँ । त्यसैले यो टिका केही समय यहीँ रहनेछ ।’ खासमा म यो खत जीवनभर रहोस् भन्ने चाहन्छु । तिम्रो जस्तै ।

तिमीसँग छ दिन सँगै रहँदा पनि आफूलाई कत्ति पनि अभिव्यक्त गर्न सकेनछु भन्ने यहाँ आएर महसुस हुँदैछ । मलाई लाग्छ– मैले तिमीलाई साँच्चै माया गर्छु भन्ने आभाष गराउन पनि सकिनँ । तर प्रिय, म तिमीलाई यति धेरै माया गर्छु कि यो संसारमा कुनै पनि राजकुमारले गरेको नहोस् ।
तिमीलाई थाहा छ ? मलाई काठमाडौं छोड्नेबेला कति गाह्रो भएको थियो । मेरो भावुकता सबैले देख्नेगरी प्रकट भएको थियो । त्यहाँ पनि मैले कथा बनाउनु पर्यो । मलाई छोड्न तिम्रो देशकी संघीय मामिला राज्यमन्त्री कुन्ती शाही लगायत आउनुभएको थियो, तर म उहाँहरूसँग खुल्नै सकिरहेको थिइनँ । एकोहोरो तिमीलाई सम्झिरहेको थिएँ । त्यसैले मैले मेरो भावनालाई दोहोरो अर्थ लाग्नेगरी भनिदिएँ, ‘तपाईंहरूको सुन्दर मुलुकबाट प्रभावित भएँ । मौका मिले फेरि पनि यहाँ आउन सक्छु । न्यानो माया र आतिथ्यको लागि धन्यवाद ।’
उहाँहरूलाई के थाहा कि मुलुक सुन्दर लाग्नुमा तिम्रो सुन्दरताको हात छ, मैले फेरि आउँछु भन्नुमा तिम्रो भेटको व्यग्रता लुकेको छ, अनि मैले भनेको माया तिम्रो माया हो । यसरी धेरै कथा बुनेर नेपालबाट फर्केको छु ।
मन गह्रुँगो हुँदा शब्दहरू पनि गह्रुँगा लाग्दा रहेछन्, धेरै लेख्न सकिरहेको छैन । राजकुमारी, अब तिमीलाई सधैंको लागि यता लिएर आउने दिनको चाँजो मिलाउँदैछु । तिमी तयार भएर बस ।
अन्तिममा, मेरो नेपाली नाम हरि राखिदिएकोमा पनि धेरै धन्यवाद मायालु !
असीम प्रेमसहित
तिम्रो हरि अर्थात ह्यारी

0 comments:
Post a Comment