![]() |
काठमाडौं, १९ चैत । भारतमा जारी आइसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा आयोजक राष्ट्र भारतलाई हराउँदै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको छ ।
मुम्बईमा बिहीबार राति भएको खेलमा भारतलाई ७ विकेटले हराउँदै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको हो ।टस हारेर ब्याटिङ गरेको भारतले पुरै २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतले दिएको १९३ रनको लक्ष्य वेष्ट इण्डिजले २ बल बाँकी रहँदै ३ विकेट गुमाएर भेट्टायो ।
भारतका लागि विराट कोहलीले ८९, रोहित शर्मा ५४ र अजिन्का रहानेल ४० रन जोडेपनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् ।
वेष्ट इण्डिजले अब फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ ।
वेष्ट इण्डिजले अब फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ ।
![]() |
0 comments:
Post a Comment