![]() |
काठमाडौं, १९ चैत । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण पूरा गरि स्वदेश फर्किएको केही दिनपछि नै उनीहरुबीच भेटवार्ता भएको हो ।
लाजिम्पाटस्थित प्रचण्ड निवासमा शुक्रबार भएको भेटवार्ता उनीहरु दुई देशको आपसी हित तथा चासोको विषयमा कुराकानी भएको बताइएको छ ।
लाजिम्पाटस्थित प्रचण्ड निवासमा शुक्रबार भएको भेटवार्ता उनीहरु दुई देशको आपसी हित तथा चासोको विषयमा कुराकानी भएको बताइएको छ ।
नेपालको संविधान अपूर्ण भन्दै समय सीमा दिएर बाँकी विषय सुल्झाउन भारत र ईयुले सुझाव दिएको विषयमा नेपाल सरकारले आपत्ति दिएको भोलिपल्टै राजदूतले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुलाई महत्वका साथ हेरिएको छ ।
सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको दुई देशबीचको सम्झौताका विषयमा पनि छलफल भएको बताइएको छ ।
![]() |
0 comments:
Post a Comment