विद्यार्थी सङ्गठनका नेतालाई उर्जाविद्का कुरा

काठमाडौं, १६ मंसिर । भारतीय नाकाबन्दीका कारण मुलुकले चरम इन्धन संकट व्यहोरिरहेका बेला उर्जाविद्हरुले आयातित इन्धनमा निर्भर रहँदा ऊर्जा सङ्कट झेल्नुपरेको बताएका छन् ।
राजनीतिक पार्टीका विद्यार्थी सङ्गठनका नेताहरुलाई वर्तमान ऊर्जा संकटका बारेमा प्रशिक्षत गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालको सहयोगमा युथ एलायन्स फर इन्भायरोमेन्टले आयोजना गरेको कार्यक्रममा उनीहरुले देशमा रहेको पर्याप्त जलविद्युत्को उत्पादन नगरी आयातित इन्धनमा निर्भर रहँदा ऊर्जा सङ्कट झेल्नुपरेको बताएका हुन् ।
जलविद्युत्को विकास नभएसम्म मुलुकको विकास असम्भव भएका राजनीतिक नेतृत्वलाई अग्रसर गराउन युवा नेताहरु लाग्नुपर्नेमा उर्जाविद्को जोड छ ।
सो कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका डा अमृतमान नकर्मी, कोषका निर्देशक सन्तोषमणि नेपाल, युथ एलायन्स फर इन्भायरोमेन्टका अध्यक्ष सनोत अधिकारी लगायतका व्यक्तिहरुले उर्जा संकट समाधान र यसका लागि चाल्नु पर्ने कदमका साथै सबै पक्षको आवश्यक भूमिकाका विषयमा धारणा राखेका थिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment