![]() |
काठमाडौं, १४ पुष । साढे चार महिनादेखि सीमानाका अवरोध गर्दै आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले यही पुष १९ गतेबाट नाका अवरोध खोल्ने संकेत दिएका छन् ।
रिपोर्टर्स क्लव नेपालले मंगलबार बुझाएको ज्ञापन पत्र बुझ्ने क्रममा अध्यक्ष ठाकुरले आफूहरुको माग सरकारले नसुनेको तथा भावी रणनीति तय गर्न बस्ने मोर्चाको बैठकमा नाका अवरोध अन्त्य गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल हुने संकेत दिएका हुन् ।
नाका अवरोध अन्त्य गर्ने सवालमा सरकारको रवैयामा भर पर्ने भन्दै उनले १९ गतेपछिको कार्यक्रम तय गर्दा नाका अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने जानकारी दिएका हुन् ।
आफ्नो मागका सम्बन्धमा ससंदमा र सडकबाट आवाजहरु उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका उनले मधेश आन्दोलनको माग सम्बोधज गरेर जनजीवन सामान्य बनाउन सरकार गम्भीर नभएको आरोप दोहोर्याए ।मुलुकभित्र आफूहरु असुरक्षित हुँदा बाहिर जान पनि सरकारले नदिएको भन्दै ठाकुरले मधेशको मात्रै होइन भूकम्प पीडितहरुको अवस्था पनि नबुझेको आरोप लगाए । सरकारले आफूहरुलाई जनावर जस्तो व्यवहार गरेको भन्दै उनले आक्रोश पोखे ।
संविधान जारी हुनु पूर्वदेखि नै संघीय सीमांकन हेरफेरको माग राखेर आन्दोलनमा उत्रिएको मोर्चाले गएको असोज ७ गते देखि भने सीमानाका र राजमार्ग केन्द्रीत आन्दोलन गर्दा मुलुकभरको जनजीवन सकस पूर्ण बनिरहेको छ ।
![]() |
0 comments:
Post a Comment