रोड शो मा चक्लेट बाँड्दै नायिका पुजना



काठमाडौं, १७ मंसिर । नेपाली कथानक चलचित्र ‘चकलेट’ शुक्रबार अर्थात मंसिर १८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको छ । चलचित्र प्रदर्शनपछि लगानी उठाएर मुनाफा सबै सडक बालबालीकाका लागि खर्च गर्ने बताएकी नायिका तथा चलचित्रकी निर्मात्री पुजना प्रधान रोड सोमा निस्किएकी छन् । चलचित्रको प्रचारका लागि रोड शो मा निस्किएकी प्रधानसँगै चलचित्रका निर्देशक निर्मल शर्मा लगायतका अन्य कलाकार समेत सामेल रहेका छन् । ५ वटा गाडीमा चलचित्रको स्टिकर टासेर सडक प्रचारमा निस्किएका हुन् । गाडीमा टाँसिएको स्टिकर सँगै ९ जना बालबालीकाहरुलाई पनि प्रचारमा सँगै लगिएको छ । उनीहरुले विभिन्न भेषभुषामा नृत्य गरिरहेका छन् । चकलेटको सडक यात्रा चावहिलबाट सुरु गरिएको थियो । यो यात्रा चक्रपथ परिक्रमा गरेर चावहिल पुगेर टुङ्गिने छ ।
Chaklet

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment