|
काठमाडौं, १७ मंसिर । बुधबार हुने भनिएको निर्णायक वार्ता छाडेर मधेश झरेका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा दुई शीर्ष नेताहरु बिहीबार आमसभा छाडेर काठमाडौं फर्किएका छन् ।
सर्लाहीको नवलपुरमा भएको आमसभा छाडेर मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बिहीबार अचानक काठमाडौं फर्केका हुन् ।
भारतको भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्केका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दी खुल्ने अपेक्षा गर्दै परीणाम पर्खन आग्रह गरेको केही घण्टामा उनीहरु काठमाडौं फर्केकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसबीचमा प्रधानमन्त्री र भारतीय सुष्मा स्वराजबीच पनि टेलिफोन संवाद भएको भनिएका बेला नवलपुरमा भइरहेको आमसभालाई सम्बोधन नगरी दुबै नेताहरु जनकपुरबाट जहाजमा काठमाडौं आएका हुन् । उनीहरु काठमाडौं फर्के लगत्तै अहिले दलका नेताहरु बीच अनौपचारिक छलफल भइरहेको श्रोतले जनाएको छ ।
|
0 comments:
Post a Comment