फेसबुकका जन्मदाता बने छोरीका पिता, ९९ प्रतिसत शेयर दान गर्ने

 काठमाडौं, १६ मंसिर । सामाजिक सञ्जाल फेसबुकका जन्मदाता अर्थात मालिक मार्क जुकरवर्ग छोरीका पिता भएका छन् । ३१ वर्षिया मार्ककी पत्नी प्रिसिलाले छोरी ‘म्याक्स’लाई जन्म दिएकी छिन् । छोरी प्राप्तिको खुशीमा उनले फेसबुकमा रहेको आफ्नो ९९ प्रतिशत सेयर परोपकारी कामका लागि दान गर्ने घोषणा गरेका छन् । उनले फेसबुकमा आफ्नो र श्रीमतीको नाममा रहेको शेयरमध्ये आगामी वर्षमा ९९ प्रतिशत दान गर्ने जनाएका हुन ।
जुकरवर्गले आफ्नी छोरीका लागि सबैभन्दा राम्रो स्थान बनाउने उद्देश्यले शेयर दान गर्न लागेको बताएका छन् । उनले गर्ने च्यारिटीको नाम ‘चान–जुकरवर्ग इनिशिएटिभ’ राखिएको छ । जुकरवर्गले आफ्नो फेसबुक पेजमा सो च्यारिटी गर्ने घोषणा गरेका हुन् । उनले फेसबुकबाट भएको आम्दानीको करिव ४५ अर्ब डलर दान दिने छन् ।
चिनियाँ मूलकी प्रिसिलासंग जुकरवर्गको भेट हाभर्ड विश्वविद्यालयमा भएको थियो । प्रेम सुरु भएको ९ बर्षपछि अर्थात् सन् २०१२ मा उनीहरुले बिबाह गरेका थिए । छोरी जन्मिएको खुसीयालीमा उनले फेसबुकबाट दुई महिने छुट्टी लिएका छन् ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment