प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायलाई भने 'नाकाबन्दीबाट उत्पन्न संकटमा हामीलाई सघाउनुस्'

काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीका कारण उत्पन्न बिद्यमान मानवीय संकट अन्त गर्नका लागि नेपालका पक्षमा ऐक्यबद्दता जनाएर अहिले देखिएको चुनौति समाधानमा गरिदिन अन्तर्राष्ट्रिय समुदायमसक्ष आह्वान गरेका छन् । 
 
नेपाल र संयुक्त राष्ट्रसंघबीच संबन्ध स्थापित भएको ६० औं बर्षगाँठका अवसरमा बिहीबार संयुक्त राष्ट्रसंघीय भवन ललितपुरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भूपरिबेष्ठित देशको नाताले अन्तराष्ट्रिय समुदायबाट नेपालका पक्षमा समर्थनको अपेक्षा गरेको बताए ।
 
भारतीय नाकाबन्दी पछि उत्पन्न संकटबारे अन्र्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट धारणा नराखेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय निकायमा आयोजित कार्यक्रममा नाकाबन्दीबारे बोलेका हुन् । 
 
‘नेपालजस्ता साना, अतिकमविकसित र भूपरिबेष्ठित मुलुक जसले नेपालले अहिले भोगेजस्तो समस्या बेहोरेका छन् । उनीहरुले अन्र्तराष्ट्रिय समुदायसमक्ष हार्दिकतापूर्वक सहयोग र ऐक्यबद्दताको अपेक्षा गर्ने गर्छन्’ प्रधानमन्त्री ओलीले भने । 
 
प्रधानमन्त्रीले दक्षिणी नाकाहरुमा जारी अघोषित नाकाबन्दीका कारण देशका समग्र जनताले अत्यन्तै जटिल मानवीय संकट उत्पन्न बेहोर्नुपरेको बताए । ‘यो अघोषित नाकाबन्दी विनासर्त तत्कालै अन्त्य हुनुपर्छ’ उनले भने । 
 
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले आपूर्ति बन्द भइ मानवीय कार्यहरुमा लगातार परेको प्रत्यक्ष प्रभावप्रति गहिरो चिन्ता राख्दै नेपालको स्वतन्त्र पारवहन अधिकारबारे ब्यक्त गरेका भनाईप्रति नेपाल अनुग्रहीत रहेको बताए । 
 
उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको नेपालको संबिधानलाई राष्ट्रसंघीय महासचिवले प्रशंशा गरी महत्वपूर्ण कोसेढुंगा भनेकोमा पनि वानको प्रशंशा गरे । 
 
भूकम्प पछिको विपत्तिका क्रममा संयुक्त राष्ट्रसंघीय निकायहरुबाट भएको सहयोगको प्रधानमन्त्रीले मुक्तकण्ठले प्रशशा गरे । संयुक्त राष्ट्रसंघको वडापत्रलाई नेपालको बिदेश नीतिले अंगिकार गरेको बताउंदै प्रधानमन्त्रीले प्रजातन्त्र र मानवअधिकारको संरक्षण गर्न नेपाल सदैव प्रतिबद्द रहिआएको बताए । 
 
संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा नेपालको महत्वपूर्ण योगदान रहेको बताउंदै प्रधानमन्त्रीले आगामी दिनमा पनि राष्ट्रसंघसंग नेपालको सहकार्य जारी रहने बताए । नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघले खेलेको भूमिकाको प्रधानमन्त्रीले प्रशंशा पनि गरे । 
 
सार्वभौमिक समानता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता, अहस्तक्षेप, बिना धम्की र बिना बल प्रयोग बिभिन्न विवादहरुको संबिधान अनुशार शान्तिपूर्ण निरुपण एवं त्यही अनुशार बिदेशनीति सञ्चालन नेपालले गर्दै आएको प्रधानमन्त्रीले बताए । 
 
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको ६० बर्ष पार गरेको छ । सन् १९५५ मा नेपालले राष्ट्रसंघको सदस्यता पाएको थियो ।
-
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment