|
मंसिर १७, २०७२- नेपाल प्रहरीले जडीबुटीस्थित केएल दुगडको गोदाममा लुकाइ राखेको ५ ट्रक खाने तेल नियन्त्रणमा लिएको छ । बजारमा तेलको अभाव देखाइ चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मार्दा स्वस्तिक आयल इन्डट्रिजबाट उत्पादित धारा खाने तेल नियन्त्रणमा लिएको हो ।
म्यानेजर अमन जैन र सम्पर्क अधिकृत प्रमोद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । परिसरका एसएसपी विक्रमसिंह थापाले नाकाबन्दीअघि ल्याएको तेल लुकाएर चर्को मूल्यमा बिक्री गरेको भन्दै छापा मारेको बताए ।
‘कालो बजारी गरेर उपभोक्तामाथि शोषण गर्नेमाथि कडा कारबाही गरिन्छ,’ उनले भने, ‘ कसैले उपभोक्ता ठगेर धेरै पैसा कमाउँछौं भन्ने सोचेको छ भने छोडे हुन्छ ।’
नाकाबन्दी अघि १ सय ८० रुपैयाँ मूल्य पर्ने तेललाई अहिले ३ सय ८० रुपैयाँ बिक्री गरेको उनले बताए । बढी मूल्यको स्टिकर टाँसी बिक्री गर्ने तयारीमा राखेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।
|
0 comments:
Post a Comment