अब राष्ट्रिय गान बजेर सुरु हुन्छ फिल्म सिनेमा घरमा

काठमाडौं, १६ मंसिर । अब नेपाली सिनेमा हलहरुमा फिल्म सुरु हुनु पहिला राष्ट्रिय गान बजाईने भएको छ । नेपालभरका हलमा बुधबारबाट यो नियम लागु भएको छ । चलचित्र विकास बोर्डले बुधबार पत्रकार सम्मेलन गरि देशभरका सम्पूर्ण हलमा राष्ट्रिय गीत अनिवार्य रुपमा बजाउनु पर्ने नियम लागु भएको जानकारी दिएको छ । यो नियम नेपाली हलमा लाग्ने नेपाली बाहेक अन्य भाषाका फिल्म रिलिजको समयमा पनि लागु गर्नु पर्ने छ ।
आजको १५ दिनभित्र देशभरका सम्पूर्ण हलहरुलाई यो नियम लागु गर्न बोर्डले निर्देशन दिएको छ । राष्ट्रिय गीत बजाउन चलचित्र विकास बोर्डले चलचित्र संघलाई टुके र एमपीइजी भर्सनमा राष्ट्रिय गीतको अडियो भिडियो प्रदान गर्नेछ ।
कार्यक्रममा देशभरका मल्टिप्लेक्स हलहरुले निर्मातालाई प्रदान गर्ने शेयरसमेत बढाएको छ । फिल्म रिजिल भएको पहिलो हप्ता ५० प्रतिशत, दोश्रो हप्ता ४२.५ प्रतिशत, तेश्रो हप्ता ३७.५ प्रतिशत र त्यसपछि निर्माताले ३० प्रतिशत शेयर पाउने भएका छन् ।
चलचित्र विकास बोर्ड र चलचित्र संघको सम्झौता अनुसार निर्माताहरुले विभिन्न हलमा प्रोमो बजाएबापत दुई सातासम्म कुनै शुल्क बुझाउनु नपर्ने भएको छ । बोर्डले हरेक वर्ष दुई नेपाली चलचित्रलाई विशेष फिल्मको सूचीमा राखेर विभिन्न महोत्सवहरुमा सहभागि गराउने भएको छ । यसवर्ष ‘सुनपानी’ र ‘१२ नेपाली एक चिहान’ विशेष सूचीमा समावेश भएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment