दाङको एक होटेलमा महिला मृत फेला

काठमाडौं, १६ मंसिर । दाङको एक होटेलमा एक महिला मृत फेला परेकी छिन् । तुलसीपुर–५ बसपार्कस्थित सिर्जना होटलमा बुधबार सल्यान खलङ्गा–७ की २ वर्षीया चितमाली विश्वकर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बिहान ९ बजेसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र ढोका फोडेर हेर्दा ओछ्यानमै मृत फेला परेको दाङ प्रहरीको भनाइ छ । चितमालीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment