भूकम्पपीडितलाई फेरि ६ अर्ब

काठमाडौँ १६ मंसिर । भूकम्पबाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण सुरु गर्न नसकेको भन्दै आलोचित सरकारले पीडितलाई राहत दिन फेरि ६ अर्ब रुपैयाँ निकासा गरेको छ। आजको नागरिक दैनिकमा खबर छ ।
भूकम्पपीडित लाखौं सर्वसाधारणले सरकारको यथेष्ट सहयोग नपाएरै बर्खेझरी धकेल्न बाध्य भएको र हिउँदको चिसो पनि त्यसै काट्नुपर्ने अवस्था आएको आलोचना तीव्र भएपछि सरकारले गत साता प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको थियो।
सरकारको यही निर्णयपछि अर्थ मन्त्रालयले ६ अर्ब २ करोड ५६ लाख रुपैयाँ प्रधानमन्त्री कार्यालयलाई निकासा दिएको हो। ‘अर्थ मन्त्रालयबाट आएको ६ अर्बभन्दा बढी रुपैयाँ गृह मन्त्रालयका नाममा मंगलबार निकासा दिइएको छ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, ‘गृह मन्त्रालयको समन्वयमा यो रकम भूकम्प पीडितलाई वितरण गरिनेछ ।’
उनका अनुसार भूकम्पबाट पूर्ण रुपमा प्रभावित भएका ६ लाख २ हजार ५ सय ६७ परिवारलाई चिसोबाट छल्ने सामान खरिदका लागि यो रकम वितरण गरिनेछ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment