|
रेडियन्ट इन्फोटेक प्रालिले नेपाल सर्टिफाइङ कम्पनीमार्फत यस्तो हस्ताक्षर सुरु गरेको हो। यो हस्ताक्षरको टोकन प्रधानमन्त्री केपी शर्मा वली र संचार मन्त्री शेरधन राईलाई पनि एकैसाथ प्रदान गरिएको नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमानसिंहले जानकारी दिए।
विद्युतीय हस्ताक्षरको जानकारी दिन रेडियन्टले आयोजना गरको पत्रकार सम्मेलनमा सिंहले नेपालको आर्थिक क्षेत्रको चलयमान विकासका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । रेडियन्टले विद्युतीय हस्ताक्षरको अनुमतिपत्र लिएर नेपाल सर्टिफाइङमार्फत यसलाई सञ्चालन गरिएको पनि सिंहको भनाइ छ।
अनलाइन प्रविधिबाट सबै विवरण भरिसकेपछि सबमिसन गर्न आवश्यक पर्ने हस्ताक्षरलाई अब डिजिटल सिग्नेचरको माध्यबाट गर्न सकिने जानकारी सिंहले दिएका छन्।विभिन्न व्यवसायिक कम्पनी तथा आम सर्वसाधारणसम्मले प्रयोग गर्न सक्ने गरी यो प्रविधि ल्याएको रेडियन्ट इन्फोटेकका अध्यक्ष भाष्कर भण्डारीले बताए।
उनका अनुसार कुनै पनि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, उद्योग विभागसहित ईगभर्नेन्समा यो प्रविधि उपयोगी र भरपर्दो हुनेछ।रेडियन्टका प्रबन्ध निर्देशक दीपक भण्डारीका अनुसार कानुनी, प्राविधिक तथा क्षेत्रगत रूपमा विद्युतीय हस्ताक्षर उपयोगी हुन्छ।
यसको प्रयोगबाट कुनै पनि व्यापार, व्यवसाय, दुई पक्षीय व्यापारिक सम्झौता, दुई देशबीचको समझदारीसहितका विभिन्न क्षेत्रमा उपयोगी हुन्छ। यसको प्रयोग विश्वसनीय र भरपर्दो हुने भएकोले कुनै पनि ह्याकरले यसलाई समाउन नसक्ने दाबी रेडियन्टको छ।
प्रमाणीकरण नियन्त्रक कार्यालयका नियन्त्रक तथा सूचना विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रका अनुसार अनलाइनमार्फत हुने सबै कारोबारमा र ई-गभनेन्सका लागि यो उपयुक्त हुन्छ।
के हो विद्युतीय हस्ताक्षर ?
कुनै पनि विद्युतीय कारोबार गर्दा विद्युतीय करोबार ऐन २०६३ अनुसार डकुमेन्टमा हस्ताक्षर गरेर पठाउनुपर्ने हुन्छ। यस्तो हस्ताक्षर आधिकारिक र कानुनीरूपमा गरिने आधुनिक प्रविधि नै विद्युतीय हस्ताक्षर हो।
कुनै पनि बैंकिङ तथा अनलाइनबाट हुने कारोबारको आधिकारिकताका लागि गरिने हस्ताक्षर दिने काम डिजिटल सिग्नेचरले गर्छ। विद्युतीय हस्ताक्षरले कुनै पनि कार्यलयमा व्यक्ति आफैं पुगेर गर्नुपर्ने हस्तलिखितको झन्झलाई यसले मुक्ति दिन्छ।
यसको प्रयोगले अनलाइन पेमेन्टदेखि कुनै पनि डकुमेन्टमा सम्बन्धित व्यक्तिको आधिकारीक हस्ताक्षर गर्नसमेत सहज हुन्छ।
कसरी प्रयोग गर्ने ?
रेडियन्ट इन्फोटेक प्रालि अन्तर्गतको नेपाल सर्टिफाइङ कम्पनीको कार्यालय थापाथलीस्थित ट्रेड टावरमा पुगेर कम्पनीले तयार पारेको आवश्यक मापदण्ड पूरा गरेर रजिस्ट्रेसन गरेपछि यसलाई प्रयोगमा ल्याउन सकिन्छ।
डिजिटल सिग्नेचर प्रयोग गर्न रेडियन्टले ग्राहकलाई कोडसहितको टोकन दिन्छ। त्यो कोड इनपुट गरेपछि डकुमेन्टमा सिग्नेचर राख्न सकिन्छ।
यस्तो सिग्नेचर पेनड्राइभ जस्तै टोकनमा सेभ हुने कम्पनीले जानकारी दिएको छ। यो टोकनलाई यूएसबीमार्फत कम्युटर र ल्यापटपमा कनेक्ट गर्न सकिन्छ। यसरी गरिएको डिजिटल सिग्नेचरमा समय र मिति पनि हुन्छ।
- See more at: http://annapurnapost.com/News.aspx/story/22686#sthash.K3lPgLj4.qn1rephz.dpuf
|
0 comments:
Post a Comment