जूत्ताको साइजले पार्टनरको स्वाभाव थाहा पाउन सकिने

काठमाडौं, हुन त यो कुरा पत्ता लगाउनु निकै मुस्किल काम हो कि तपाइँको पार्टनर तपाइँप्रति कति वफादार छन वा छैनन । तर हालै गरिएको एक रिसर्चमा धोका दिने पुरूषहरूमाथि एक सानो रिसर्च गरिएको थियो ।
द हेल्थथ साइटमा प्रकाशित खबर अनुसार, जुन पुरूषहरूका जूत्ताको साइज १० वा त्यो भन्दा धेरै हुन्छ उनीहरू यो भन्दा कम साइज हुने पुरूषहरूको तुलानामा विश्वसनीय हुँदैनन ।
डेली स्टारको रिपोर्टमा जनाइए अनुसार, इलिट एन्काउन्टर्स द्वारा गराइएको यस रिसर्चमा के पाइयो भने ती पुरुष धेरै विश्वसनीय हुन्छन जसको जुत्ताको साइज सात वा नौ हुने गर्दछ । जबकि ती पुरुषहरू धोकेबाज हुन्छन, जसको जूत्ताको साइज १० वा त्यो भन्दा बढि हुन्छ ।
इलिट एन्काउन्टर्सका प्रवक्ता माइक टेलरका अनुसार केही पुरुष यस मामलामा बहस समेत गर्दछन कि जूत्ताको साइज वा शरीरको कुनैपनि भागले मानिसहरूको सम्बन्धमा कुनै मतलब राख्दैन ।
सम्बन्ध भनेको त मानिसहरूको आपसी समझदारीबाट बन्ने गर्दछ । जो मानिस सम्बन्ध बनाउँदछन उनीहरू जुत्ताको नम्बर हेरेर प्रेम गर्दैनन । यस रिसर्चलाइ ती प्रख्यात हस्तिहरूलाइ हेरेर गरिएको थियो, जो धोकेबाज निस्किएका थिए । उनीहरू सबैको जुत्ताको साइज पनि १० भन्दा बढिनै रहेको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment