इस्लामिक स्टेट (आइएस) दुवारा भारतमाथि आक्रमण गर्ने चेतावनी

काठमाडौँ १७ मंसिर ।अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले भारत माथि  आक्रमण गर्ने चेतावनी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै कारण भारतमा मुसलमान असुरक्षित भएको भन्दै आइएसले आफ्नो नयाँ घोषणापत्रमा इराक र सिरियाबाहिर प्रभाव जमाउने योजना अन्तर्गत भारतलाई निशाना बनाइने उल्लेख गरेको छ ।
हिन्दुस्थानमा धार्मिक द्वन्द्वलाई मोदी सरकारले बढावा दिएको भन्दै  आइएसले भारतविरुद्ध युद्धको उदघोष गरेको हो । भारतमा मोदी सरकारले इस्लामविरोध भावना फैलाएको तथा मुस्लिम समुयाद असुरक्षित हुँदै गएको भन्दै आइएसले मोदी सरकारकै कारण भारतमा युद्ध थालनी गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।
भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ का अनुसार आइएसले घोषणापत्रमा भनेको छ, ‘नरेन्द्र मोदी एक दक्षिणपन्थी हिन्दु राष्ट्रवादी हुन् जो हतियारको पुजा गर्दछन् । उनी भविष्यमा मुस्लिमविरुद्ध युद्धका लागि समर्थकहरुलाई तयार पारिरहेका छन् र उनीसँग मुस्लिमविरुद्ध युद्धका लागि सशस्त्र सेना पनि छ ।’ एजेन्सी
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment